२०८२ अषाढ २९, आईतबार
आज बिहानैदेखि पूर्वपश्चिम राजमार्गमा किसानले चक्काजाम गरेका हुन् । ताजा तरकारी, फलफूल थोक बजार व्यवसायी संघले निकासी कर नहटाएसम्म किसानबाट तरकारी खरिद नगर्ने बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको थियो ।
सोही निर्णय बमोजिम बिहीबार बिहान किसानले थोक बजारमा बिक्री गर्न ल्याएको तरकारी व्यापारीले खरिद गरेनन् ।
नगरपालिकाले लगाएको करको विरोधमा व्यापारीले तरकारी खरिद नगरेपछि किसानले लालबन्दी–७ स्थित तरकारी बजार अगाडि पूर्वपश्चिम राजमार्गमै तरकारी राखेर चक्काजाम गरिरहेका हुन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे