घाइते हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका १ बेलुवा बस्ने वर्ष ३८ को दिपेन्द्र शेर्पुन्जा रहेका छन्।
उनलाई बिहान करिब ६:५० बजे त्रिकोण सामुदायिक वनमा घाँस काट्ने क्रममा बाघले आक्रमण गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
शेर्पुन्जाको दाँहिने हातको पाखुरा,छातीको दाहिने भाग र ढाँडमा चोट लागेको छ। उनलाई आक्रमण गर्ने बाघ जंगलतर्फ गएको प्रहरीले जानकारी दिएको छ।
घाइतेको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भैरहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे