२०८२ अषाढ ३०, सोमबार
असार ३० – बबई गाउँपालिका वडा नम्बर ५ मा पुरन्धारा छहरा नजिकै बबई नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
बबई नदीमा पौडी खेल्ने क्रममा दुई जनाको डुबेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय खितलपुरका प्रहरी नायब निरीक्षक ईश्वरी भण्डारीका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का १७ वर्षीय विधान केसी र तुलसीपुरकै १८ वर्षका कुशल बुढा मगरको मृत्यु भएको हो ।
सोमबार दिउँसो दुई बजेतिर पुरन्धारा छहरा नजिकै बबई नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो । शवको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोस्टमार्टमका लागि ल्याइने लागेको प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे