साउन ४- नवलपुर एकेडेमीमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय छात्रा कृषिका थापा आज विहानदेखि बेपत्ता भएकी छिन्।
विद्यालय प्रशासनका अनुसार कृषिका आज विहान अन्दाजी ७:०० बजे घरबाट निस्किएकी थिइन् तर हालसम्म घर नफर्किएकाले उनी हराएको आशंका गरिएको छ।
नवलपुर एकेडेमीका अनुसार कृषिका थापाको खोजीका लागि विद्यालयले सम्बन्धित निकायसँग सम्पर्क गरिरहेको छ। साथै विद्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत पनि छात्रा हराएको सूचना सार्वजनिक गर्दै आम सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ।
छात्रा कृषिका थापा देखिएमा वा उनीबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा निम्न फोन नम्बरहरूमा तुरुन्त सम्पर्क गर्न विद्यालय र परिवारजनले अनुरोध गरेका छन्:
📞 ९८५७०३००८०
📞 ९८४४७४९३१३
📞 ९८४७०९५०९१
📞 ९७४८४३८४८४
विद्यालय प्रशासन र कृषिकाको परिवारले छिट्टै उनको सकुशल फिर्तीको अपेक्षा व्यक्त गरेका छन्।