२०८२ श्रावण ६, मंगलबार
साउन ५-चितवनको भरतपुर महानगरपालिका–१६ गणेश मन्दिर नजिकै रहेको नारायणी नदीको छेउमा पौडी खेल्ने क्रममा डुबेका एक बालकको अवस्था गम्भीर रहेको छ।
आज दिउँसो करिब ३:३० बजेको समयमा भरतपुर महानगरपालिका १५ सूर्यनगरका अन्दाजी १४/१५ वर्षीय मेक्सन पुन मगर पौडी खेल्न गएका बेला पानीमा डुबेर बेपत्ता भएका थिए।
प्रहरी निरीक्षक काशीराज थापाको कमाण्डमा रहेको विपद् व्यवस्थापन टोलीले खोजी गर्ने क्रममा साँझ ५ बजे सोही स्थानमै फेला पारि उपचारका लागि भरतपुर अस्पताल पठाएको थियो।
उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
उनीसहित अन्य चार जना किशोरहरू पनि पौडी खेल्न गएका थिए। बाँकी ४ जना भने सकुसल रहेका छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे