कारागारमा बिहीवार रातिदेखि नै कैदीबन्दीबीच कुटाकुट हुँदा घाइते एक जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
कुटपिट हुँदा ४६ जना घाइते भएको जनाइएको छ । झडपका क्रममा घाइते भएका ४६ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे छानविन भइरहेको प्रहरीले जनाएको छ । कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबिच कुटाकुट भएको बताइएको छ ।
प्रहरीले सुरक्षामा लापरवाही गर्दा घटना भएको आरोप लागेको छ । अहिले कारागार परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे