• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर ९, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
४

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
५

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
६

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
७

नारायणीमा खेलकुद महोत्सव : लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

२०८२ कार्तिक ९, आईतबार
८

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
९

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
१०

रुपन्देहीमा इभी गाडी दुर्घटना ३ जनाको मृत्यु , ४ जना गम्भीर

२०८२ कार्तिक १२, बुधबार
११

“नेपाल लेखक पुरस्कार २०२५” कार्यक्रम कात्तिक १५ गते काठमाडौंमा हुने

२०८२ कार्तिक १४, शुक्रबार
१२

प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद विस्तार, चार मन्त्रीको आजै शपथको तयारी

२०८२ कार्तिक ९, आईतबार

तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रममा युएनका ६ वटा कमिटीद्वारा ६ संकल्प प्रस्ताव पारित

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ भाद्र ९, सोमबार

  • १३५ पटक पढिएको
  • चितवन । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा शनिबारदेखि सुरु भएको दोस्रो संस्करणको तीनदिने ‘अङ्कुरम्– नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम’ सम्पन्न भएको छ ।

    काठमाडौँसहित नवलपुर र चितवनका १८ संस्थागत र पाँच सामुदायिक विद्यालयका २४८ जना विद्यार्थीको सहभागिता रहेको नमुना अभ्यास कार्यक्रमबाट राष्ट्रसंघ का छवटा कमिटीमार्फत अनुसन्धान गरिएका छ विषयमा छलफलपश्चात सङ्कल्प पारित गरिएको छ । नमुना कार्यक्रमका महासचिव अर्जुन जी शर्माले छ विषयका संकल्प ग्रहण गरिएको बताए ।

    नमुना कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै प्रमुखअतिथि भरतपुर महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले यस्ताखाले रचनात्मक कार्यक्रले विद्यार्थीको समग्र विकासमा टेवा पुग्ने बताए ।

    ‘विश्वव्यापीरूपमा स्पर्धा गर्नसक्ने योग्य नागरिक बनाउनका लागि यस्ता किसिमका कार्यक्रम अत्यन्तै फलदायी हुने उनको जिकिर थियो । ‘बाबुनानीहरूको अध्ययन, अनुसन्धान र प्रस्तुतीकरण वास्तवमा सराहनीय तथा अनुकरणीय छ’, उनले भने । अभिभावकीय भूमिका निर्वाह गर्दै सामुदायिक विद्यालयहरूमा यस्ताखाले रचनात्मक कार्यक्रमको लागि समन्वय गरिदिन प्रमुखअतिथि काफ्लेले आग्रह गरे ।

    कार्यक्रमबाट संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्का सभापति अविप्श्या कार्की र उपसभापति स्नेह कर्माचार्य नेतृत्वको कमिटीले ‘सामूहिक बसाइँसराइँको समयमा मानवअधिकारको संरक्षण ः विदेशीप्रति घृणा, नजरबन्द र सिमानाको हरियारीकरण’ विषयमा अध्ययन तथा अनुसन्धान गरी संकल्प प्रस्ताव पारित गरेको छ ।

    सो कमिटीले ‘हिरासतको मानवीय विकल्पहरूलाई प्रवद्र्धन गर्ने, सेवाहरूमा पहुँचमार्फत आप्रवासी अधिकारहरूको सुरक्षा गर्ने र सीमा सुरक्षालाई कहिल्यै पनि हतियार बनाउनु हुँदैन’ भन्ने तथ्यमा जोड दिइएको प्रस्ताव पास गरेको छ ।

    त्यसैगरी संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सभापति प्रिसा न्यौपाने र उपसभापति युरिका पौडेलको कमिटीले ‘सशस्त्र द्वन्द्वग्रस्त क्षेत्रका नागरिकको सुरक्षा’ विषयमा अध्ययन, अनुसन्धान र छलफल गरेको थियो ।

    उक्त कमिटीले ‘शरणार्थीहरूको लागि सुरक्षित क्षेत्रहरू स्थापना गर्ने, द्वन्द्वग्रस्त क्षेत्रहरूमा खाना, पानी र शिक्षाको पहुँच सुनिश्चित गर्ने, अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्ने र नागरिक जीवनको रक्षा गर्न विश्वव्यापी सहयोगलाई सुदृढ पार्ने विषयमा अध्ययन, अनुसन्धान र छलफल गरी पारित भएको छ ।

    त्यसैगरी दिमिसा विष्ट र अनाघा श्रेष्ठ सभापति तथा उपसभापति रहेको संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमअन्तर्गत ‘प्लाष्टिक प्रदूषणको सम्बोधन र विश्वव्यापी ऊर्जा संकटको अन्त्यका लागि क्रियाशीलता’ विषयमा अध्ययन, अनुसन्धान र बहस भई प्लास्टिक प्रयोगलाई चरणबद्धरूपमा निरुत्साहित गर्दै नवीकरणीय ऊर्जालाई तीव्र पार्ने र विश्वव्यापी सहयोगलाई प्रवद्र्धन गर्ने प्रस्ताव पास गरिएको छ ।

    युएनकै अर्को कमिटी संयुक्त राष्ट्रसंघीय बाल कोषका सभापति एवम् उपसभापति शुभांशराज केसी र विशाल सापकोटाको कमिटीले ‘युद्धग्रस्त क्षेत्रमा बालकालिकाको सुरक्षा’ विषयमा अध्ययन, अनुसन्धान र बहस गरी ‘बालसैनिक भर्तीको निन्दा गर्दै, शिक्षा, स्वास्थ्यसेवा र मनोसामाजिक सहयोगमा मानवीय पहुँच सुनिश्चित गर्दै युद्धबाट प्रभावित बालबालिकाको संरक्षण र पुनस्र्थापनाको लागि बलियो विश्वव्यापी सहयोगको लागि आह्वान गर्ने प्रस्ताव पास गरेको छ ।

    त्यसैगरी विश्व स्वास्थ्य संगठनको नेतृत्व गरेका सभापति सिर्जना लम्साल र उपसभापति रुपेश घिमिरे को कमिटीले ‘नसर्ने रोगहरू र मानसिक स्वास्थ्य ः विश्वव्यापी स्वास्थ्यसेवामा समानताको वकालत’ विषयमा बहस गरी संकल्प पास गरेको छ । उक्त कमिटीले पास गरेको संकल्पअनुसार ‘ बृहत्तर मानसिक स्वास्थ्य सेवा, स्वास्थ्य सेवामा समान पहुँच र सोसम्बन्धी जागरूकता कार्यक्रमहरूलाई सुदृढ पार्न आह्वान’ गर्नेछ ।

    त्यस्तै संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठनका सभापति आकर्षा सापकोटा र उपसभापति सौर्य पौडेलको कमिटीले ‘विज्ञान शिक्षा र सांस्कृतिक संरक्षण मार्फत जलवायु परिवर्तनको सामना गर्ने’ एजेन्डासँग जलवायु परिवर्तन शिक्षालाई एकीकृत गर्ने, आदिवासी ज्ञानको संरक्षण गर्ने र वैज्ञानिक सहकार्यलाई प्रवद्र्धन गर्नेगरी प्रस्ताव पारित गरेको छ ।

    सामाजिक उत्तरदायित्वअन्तर्गत यो वर्ष आयोजित नमुना कार्यक्रम–२.० मा पाँचवटा सामुदायिक विद्यालयहरू प्रेमबस्ती मावि प्रेमबस्ती, राष्ट्रिय मावि कृष्णपुर, लक्ष्मी मावि लंकू, नारायणी नमुना मावि र मोहन मावि भरतपुरका विद्यार्थीहरूलाई निःशुल्करूपमा सहभागी गराइएको कार्यक्रमका सल्लाहकार प्राचार्य सुमन पौडेलले जानकारी दिए ।

    कार्यक्रममा महासचिव शर्मा, उपमहासचिव रीताकुमारी उपाध्याय, सल्लाहकार सुमन पौडेल, निर्देशक सरला पौडेललगायतले सम्पूर्ण कमिटीका उत्कृष्ट प्रतिनिधि, न्युज एजेन्सी, अन्तर्राष्ट्रिय प्रेस प्रतिनिधिलगायतलाई प्रमाणपत्र र मायाको चिनो वितरण गरेका थिए । तीनदिने कार्यक्रम अवधिभर उत्कृष्टता प्रदर्शन गरेका सिर्जन रेग्मीलाई ‘सबैभन्दा सक्रिय समिति सदस्य’को रूपमा र ‘उत्कृष्ट समिति सदस्य’को रूपमा सक्षम सुवेदीलाई पहिचान गरी पुरस्कृत गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • आज विवाह पञ्चमी, कस्तो छ पौराणिक महत्व ?

  • एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै

  • आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाइदै

  • देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुने

  • समाचार
  • १

    आज विवाह पञ्चमी, कस्तो छ पौराणिक महत्व ?
    २०८२ मंसिर ९, मंगलबार

  • २

    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै
    २०८२ मंसिर ९, मंगलबार

  • ३

    आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाइदै
    २०८२ मंसिर ९, मंगलबार

  • ४

    देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुने
    २०८२ मंसिर ९, मंगलबार

  • ५

    हेर्नुहोस् आज मंसिर ९ गते मंगलबारको दैनिक राशिफल
    २०८२ मंसिर ९, मंगलबार

  • ६

    मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
    २०८२ मंसिर ८, सोमबार

  • ७

    एनपीएलमा सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णालीको लज्जास्पद हार
    २०८२ मंसिर ८, सोमबार

  • ८

    रास्वपाका काठमाडौँ जिल्ला सभापति बिष्टले फिर्ता लिए राजीनामा
    २०८२ मंसिर ८, सोमबार

  • ९

    पानीको बोतल एमआरपीभन्दा बढीमा नबेच्न होटल र रेष्टुरेन्टहरुलाई आग्रह
    २०८२ मंसिर ८, सोमबार

  • १०

    बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन
    २०८२ मंसिर ८, सोमबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution