सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सर्वोच्च अदालतको पूर्ण इजलासले दिएको निर्देशनात्मक आदेशको पालना गर्दै मन्त्रिपरिषद्को भदौ ९ को बैठकले निर्देशन अनुसार दर्ता हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउन निर्देशन दिएको हो । साथै मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्मले सूचीकरण गरेमा सक्रिय गराउन समेत प्राधिकरणलाई निर्देशन दिएको जानकारी दिएको छ ।
मन्त्रालयले भदौ १२ मा सूचना जारी गर्दै नेपालमा सञ्चालित सबै सामाजिक सञ्जाललाई सात दिनभित्र सूचिकृत हुन निर्देशन दिएको थियो ।
यस अवधिमा पनि फेसबुकसहितका सामाजिक सञ्जाल कम्पनीहरु दर्ता हुन नआएपछि सरकारले अब नेपालमा यी सामाजिक सञ्जाल निष्क्रिय बनाउने निष्कर्षमा पुगेको हो ।
नवलपुर अनलाइनको ताजा समाचार तथा अपडेटका लागि भाईबरमा जोडिनुहोस्।
मन्त्रालयले यसअघि ४ पटक सूचना जारी गरेपनि सामाजिक सञ्जाल कम्पनिले दर्ता हुन इच्छा देखाएका थिएनन् । नेपालमा अहिलेसम्म टिकटक, भाइबर, निम्बुज, विटक, ओपोलाइट दर्ता भएका छन् भने फेसबुक, एक्स, युट्युब जस्ता ठुला प्लेटफर्म अहिलेसम्म दर्ता भएका छैनन् । त्यसैगरी टेलिग्राम र ग्लोबल लिंकले दर्ता प्रक्रिया शुरु गरेको बताइएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे