• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १८, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
२

१ लाख घुससहित गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ

२०८३ श्रावण १९, मंगलबार
३

मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन

२०८३ श्रावण २८, बिहिबार
४

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार
५

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

२०८३ भाद्र ११, बिहिबार
६

यी प्रदेशका पहाडी र हिमाली भूभागमा भारी बर्षा हुने

२०८३ श्रावण १९, मंगलबार
७

नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

२०८३ भाद्र ४, बिहिबार
८

आज सूर्यग्रहण लाग्दै, कुन कुन क्षेत्रबाट देखिन्छ ?

२०८३ श्रावण २७, बुधबार
९

सहन प्रधानको संगीतमा ‘यो रातो सारी’ तीज गीत सार्वजनिक

२०८३ श्रावण २८, बिहिबार
१०

घुस लिएको अभियोगमा चाबहिल नापीका अमिनविरुद्ध मुद्दा दायर

२०८३ श्रावण २२, शुक्रबार
११

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ श्रावण २६, मंगलबार
१२

सशस्त्र प्रहरीका ३३ जना एसपीहरूको सरुवा (सूचीसहित)

२०८३ श्रावण २१, बिहिबार
Ad Logo
Advertisement

उद्धारका लागि आपतकालीन सम्पर्क नम्बरहरुः

जेनजीको विद्रोह र नेपालको राजनीति

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ भाद्र २७, शुक्रबार

  • ५३५ पटक पढिएको
  • जय बहादुर सिंह, जाजरकोट –

    नेपालको राजनीति सधैं संघर्ष र आन्दोलनले ओतप्रोत भएको इतिहास बोकेको छ। २००७ सालमा प्रजातन्त्रका लागि आवाज उठाइएको थियो, २०४६ सालमा बहुदलीय व्यवस्थाका लागि जनताले सडक तताएका थिए, २०६२/६३ सालमा लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि आमुल परिवर्तन भएको थियो। यी आन्दोलनहरूमा प्रत्येक पुस्ताले आफ्नो योगदान दिएको छ। तर अहिले नेपालमा उदाउँदै गरेको जेन–जी पुस्ताले सुरु गरेको विद्रोह केवल सरकार वा केही नेताविरुद्धको आक्रोश मात्र होइन, यो देशको राजनीतिक संस्कृतिविरुद्धको गहिरो असन्तोष हो। यसलाई भविष्यको राजनीतिक परिवर्तनको नयाँ चरणका रूपमा बुझ्न सकिन्छ।

    जेन–जी भन्नाले डिजिटल युगसँगै हुर्केको पुस्तालाई जनाइन्छ। उनीहरू इन्टरनेट, सामाजिक सञ्जाल, मोबाइल प्रविधि र खुला संसारसँग जोडिएका छन्। उनीहरूको चेतना गाउँको चौतारीमा सीमित छैन, उनीहरूको विचार काठमाडौँको सिमानाभन्दा बाहिर संसारैसँग जोडिएको छ। यही कारणले उनीहरू पुराना पुस्ताजस्तो परम्परागत दलगत घोषणापत्र वा नेताको आश्वासनमा विश्वास गर्दैनन्। उनीहरूको अपेक्षा पारदर्शिता, जवाफदेहिता र अवसर हो। जब सरकारले सामाजिक सञ्जाललाई कर वा प्रतिबन्धमार्फत नियन्त्रण गर्न खोज्यो, यो पुस्ताले त्यसलाई आफ्नो जीवनशैलीमाथि गरिएको प्रत्यक्ष आक्रमणका रूपमा लियो।

    तर विद्रोहको बीउ केवल सामाजिक सञ्जाल नियन्त्रणमै सीमित थिएन। दशकौंसम्म उस्तै अनुहारले शासन गर्ने, सत्तामा बस्ने र आलोपालो प्रधानमन्त्री बन्ने पुरानो राजनीतिक अभ्यासले उनीहरूको धैर्य सकिसकेको थियो। केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपालजस्ता नेताहरू पटक–पटक सत्तामा पुगे पनि जनताले महसुस गर्ने गरी न त विकास भयो, न त रोजगारी सिर्जना भयो। उच्च शिक्षा लिएका युवाहरू बेरोजगारीको पीडामा विदेशिन बाध्य भए। देशमा भविष्य नदेख्दा निराशा बढ्दै गयो। यसैबीच सरकारको अहंकारी व्यवहार, नेताहरूको भ्रष्टाचार र सत्ता–खेललाई देखेर उनीहरूलाई लाग्यो । अब पुरानो राजनीतिक संस्कृतिले भविष्य दिन सक्दैन।

    जेन–जीको विद्रोहको अर्को विशेषता यसको स्वस्फूर्तता हो। यसमा कुनै ठूला नेताको निर्देशन थिएन, कुनै दलको झण्डा थिएन। सामाजिक सञ्जालमार्फत स्वतःस्फूर्त आवाहन हुन्थ्यो, र हजारौं युवा सडकमा निस्कन्थे। उनीहरूका प्लेकार्डहरूमा लेखिएका व्यङ्ग्यात्मक नारा, सडकमा कोरिएका चित्रहरू, टिकटक र युट्युबमा बनाइएका व्यङ्ग्यात्मक भिडियोहरूले आन्दोलनलाई केवल राजनीतिक नभई सांस्कृतिक स्वरूप पनि दिए। यो केवल विरोध होइन, सृजनात्मक प्रतिरोध थियो।

    प्रारम्भमा आन्दोलन शान्तिपूर्ण थियो। तर जब सरकारले गोली चलायो र १९ युवाको ज्यान गयो, त्यही क्षण आन्दोलनले विद्रोहको रूप लियो। आक्रोशित युवाहरू सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, दलका कार्यालय र नेताहरूका निवाससम्म पुगे। सडकमा मात्रै होइन, डिजिटल संसारमा पनि उनीहरूले आफ्ना विचार छरपस्ट गरे। अन्तर्राष्ट्रिय समाचार संस्थाले समेत यस आन्दोलनलाई समाचार बनाए। यसले पुराना नेताहरूलाई असहज बनायो। प्रधानमन्त्री ओली अझै पनि अहंकारी अडानमै अडिए, तर उनको नेतृत्व धरापमा परेको प्रष्ट देखियो। अन्य दलहरू पनि विश्वासको संकटमा परे।

    यो आन्दोलनले पुराना दलहरूलाई ठाडो चुनौती दियो। कांग्रेस, माओवादी, एमालेजस्ता दलहरूको राजनीतिक औचित्यमै प्रश्न उठ्यो। सेना समेत सजग हुँदै हस्तक्षेप गर्ने अवस्थामा पुग्यो। नेताहरूले सुरक्षा खोज्नुपर्यो, जसले उनीहरू जनताबाट कति टाढा पुगेका रहेछन् भन्ने प्रष्ट गरिदियो।

    जेन–जीको विद्रोहले देखाएको एउटा महत्वपूर्ण कुरा के हो भने, नेपालमा राजनीतिक संस्कृतिको पुस्तागत अन्तर अब खुला द्वन्द्वमा परिणत भएको छ। पुरानो पुस्ता सत्ता र भागबन्डामै सीमित छ भने नयाँ पुस्ता स्वतन्त्रता, अवसर र पारदर्शिता खोज्छ। यही अन्तरको कारण यो विद्रोह जन्मिएको हो। यदि पुरानो पुस्ताले यो सन्देश बुझ्न सकेन भने भविष्यमा अझै ठूलो राजनीतिक भूकम्प आउन सक्छ।

    अब प्रश्न उठ्छ । यो विद्रोहले नेपाललाई कहाँ पुर्‍याउने हो? यसको उत्तर सधैं सजिलो छैन। तर एउटा कुरा निश्चित छ, यसले पुराना नेताहरूलाई चेतावनी दिएको छ। अब नेतृत्वको पुस्तान्तरण अपरिहार्य छ। युवालाई स्थानीय निकाय देखि संसद सम्म राजनीतिक संरचनामा समावेश नगरी अगाडि बढ्न सकिँदैन। बेरोजगारी समाधान नगरी, उद्यमशीलतालाई प्रोत्साहन नगरी, शिक्षा र सीपलाई रोजगारीसँग नजोडी युवाको आक्रोश शान्त पार्न सकिँदैन। सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने होइन, विवेकपूर्ण नियमनमार्फत स्वतन्त्रताको सम्मान गर्दै जिम्मेवारी पनि दिने सन्तुलन कायम गर्न आवश्यक छ।

    अन्ततः जेन–जीको विद्रोह केवल आक्रोशको विस्फोट होइन, यो नेपालको राजनीतिक पुनर्जागरणको संकेत हो। यसले पुरानो पुस्तालाई भनेको छ ।अब तिमीहरूलाई जनताले मान्दैनन्। यसले नयाँ पुस्तालाई भनेको छ। अब भविष्य तिम्रै हातमा छ। यदि यस चेतनालाई दलहरूले आत्मसात् गरे भने, नेपालले पारदर्शी, जवाफदेही र अवसर–आधारित लोकतन्त्र बनाउन सक्छ। नभए, यो विद्रोह अझ ठूलो आन्दोलनमा परिणत भएर पुरानो राजनीतिक संस्कृतिलाई पूर्णतः विस्थापित गर्नेछ। यसरी जेन–जीको विद्रोह नेपालको राजनीतिलाई एउटा ऐतिहासिक मोडमा ल्याएको छ। यो केवल एक पुस्ताको आन्दोलन होइन, यो समग्र राष्ट्रको भविष्यलाई नयाँ दिशा दिने एउटा निर्णायक कदम हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्

  • एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने

  • गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

  • बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिने निर्णय

  • समाचार
  • १

    सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्
    २०८३ भाद्र १८, बिहिबार

  • २

    एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने
    २०८३ भाद्र १८, बिहिबार

  • ३

    गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन
    २०८३ भाद्र १८, बिहिबार

  • ४

    बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिने निर्णय
    २०८३ भाद्र १८, बिहिबार

  • ५

    भोजपुरमा कुटपिट गरी शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ
    २०८३ भाद्र १७, बुधबार

  • ६

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र १७, बुधबार

  • ७

    बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
    २०८३ भाद्र १६, मंगलबार

  • ८

    रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन
    २०८३ भाद्र १६, मंगलबार

  • ९

    चीनले अनिश्चितकालका लागि बन्द गर्यो तातोपानी नाका
    २०८३ भाद्र १६, मंगलबार

  • १०

    सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै
    २०८३ भाद्र १६, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution