२०८२ आश्विन २५, शनिबार
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले हिजा (शुक्रबार) दिउँसोसम्म अवरुद्ध भएको बिपी राजमार्गको सबै स्थानमा अस्थायी ट्रयाक निर्माणको काम सम्पन्न भई सवारी साधन सञ्चालनमा आएकेा जानकारी दिनुभयेा ।
उहाँले अवरुद्ध राजमार्ग राजमार्गको काभ्रे र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब ४ किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी एकतर्फी रूपमा सञ्चालन आएकेा जानकारी दिनुभयेा।
बाढीपहिरोले काभ्रेको चौकीडाँडामा सडकलाई सबैभन्दा बढी क्षति पुर्याएको थियो ।
काभ्रेको कटुन्जे, चारसयबेंसी, चिउरीबास, मङ्गलटार (बोक्सीकुना), कालढुङ्गा, पिप्ले (माथिल्लो), पिप्ले (तल्लो), मान्ती (माथिल्लो) र मान्ती (तल्लो)मा सडक क्षति पुगेको थियो ।
यसैगरी, सिन्धुलीको बालुवा, आँपघारी र नेपालथोक (झोलुङ्गे पुल)मा सडक क्षति पुगेको थियो । राजमार्ग सुचारु भएको भए पनि अझै ठाउँ ठाउँमा रोलिङ र ग्रेडिङ मिलाउने कार्य भैरहेकोले यातायात केहि असहज हुने सडक विभागले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे