२०८२ आश्विन २७, सोमबार
राष्ट्रपति ट्रम्पलाई तेलअभिभस्थित बेन गुरीओन एयरपोर्टमा ट्रम्पलाई इजरायली सरकारले सर्वोच्च सम्मान समेत दिएको छ ।
उनलाई इजरायली राष्ट्रपति इसाक हेरजोग, प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले स्वागत गरेका छन् । हमाससँग युद्ध विराम गर्न भूमिका खेलेको र दुई बर्षदेखि जारी युद्ध रोकेको भन्दै इजरायलमा भव्य स्वागत गरिएको छ ।
हमाससँगको सहमति अनुसार बन्धकहरु छुट्ने क्रमपनि केहि बेरअघिदेखि शुरु भएको छ ।
ट्रम्पले इजरायलको संसद नेसेटलाई सम्बोधन गर्ने बताइएको छ । उनको भ्रमण गाजामा हमासद्वारा बन्धक बनाइएका इजरायली नागरिकहरूको रिहाइकै समयमा हुने बताइएको छ । टाइम्स अफ इजरायलका अनुसार, ट्रम्पले नेसेटमा भाषण दिनेछन् र रिहा गरिएका बन्धकहरूसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे