२०८२ आश्विन २८, मंगलबार
चौथो भागलाई नै अन्तिम श्रृंखला भनिए पनि निर्माण पक्षले नयाँ कथामा कबड्डी- ५ को निर्माण शुरु गरेको हो ।
सोमबारबाट यो फिल्मको छायांकन मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गरेपछि लार्जुङ बस्तीबाट शुरु गरिएको हो ।
फिल्ममा ‘कबड्डी’ सिरिजमा धेरैजसो कलाकार दोहोरिएका छन् भने नयाँ अनुहारको प्रवेश पनि भइरहेको छ । चौथौ सिरिजमा काम गरेका दयाहाङ राई र मिरुना मगरसहित विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की, शिशिर वाङ्गदेल लगायत पाँचौं सिरिजमा पनि रहने छन् भने यस फिल्मबाट पूर्वमिस यूके नेपाल सिर्जना गुरुङले डेब्यु गर्दैछिन् ।
त्यस्तै यस फिल्ममा अभिनेत्री रिश्मा गुरुङ (मैयाँ) र्ट विपिन कार्कीको इन्ट्री भएको छ । विपिन तिहारपछि मात्र फिल्मको छायांकनमा जोडिने निर्माण पक्षले जानकारी दिएको छ ।
रामबाबु गुरुङको निर्देशनमा बन्ने फिल्मको छायांकन ७० प्रतिशत मुस्ताङमा र ३० प्रतिशत काठमाडौंमा हुनेछ । यस फिल्मको लेख्न उपेन्द्र सुब्बाको रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे