२०८२ आश्विन ३०, बिहिबार
इजरायली सेनाले शवको परिक्षणपछि एक शव कुनै पनि बन्धकको नभएको बताएको छ । इजरायली सेनाले हमासले हस्तान्तरण गरेको चौथो शव बन्धकको पुष्टि हुन नसकेको बताएको हो ।
साथै इजरायली सेनाले बन्धकको शव फिर्ता गर्ने क्रममा आवश्यक तयारी र ध्यान दिएर गर्न समेत आग्रह गरेको छ ।
गत सोमबार दिउसोसम्म हमासले सबै जीवित र मृत बन्धक हस्तान्तरण गरिसक्नु पर्नेमा सबै जीवित बन्धक रिहा गरेपनि मृत बन्धकको शव हस्तान्तरणको प्रक्रिया अहिले पनि जारी रहेको छ ।
यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासलाई बन्धक र शवहरूको रिहाइको लागि सम्झौताका सर्तहरू पूरा गर्न माग गरेका छन् ।
त्यस्तै अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले हतियार छोड्न तयार नभएमा फेरी कारवाही गर्ने चेतावनी दिएका छन् । ट्रम्पले हमासले आफ्नो जिम्मेवारी समयमा पूरा गरेन भने, इजरायलले युद्ध पुनः सुरु गर्न सक्ने समेत बताएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे