२०८२ कार्तिक ३, सोमबार
परराष्ट्र मन्त्रालयका अनुसार विपिनको शव आज दिउँसो साढे दुई बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ । शव नेपाल आएपछि सरकारको तर्फबाट श्रद्धाञ्जली अपर्णको कार्यक्रम राखिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि सहभागी हुने बताइएको छ ।
इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने सहमति अनुसार हमासले विपिनको शव असोज २७ गते इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । डिएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएपछि इजरायली सेनाले आज नेपाल फर्काउने तयारी गरेको हो । इजरायली सेनाले हमासले विपिनको हत्या, अपहरण गरेको केही महिनामै गरेको बताएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे