२०८२ मंसिर १५, सोमबार
त्यस्तै काठमाडौँ गोर्खाजले ६ खेल खेल्दै ८ अंक हासिल गरेको छ र हाल दोस्रो स्थानमा रहेको छ । अब एक खेल खेल्न बाँकी रहदा काठमाडौँ प्लेअफको नजिक रहेको छ । त्यस्तै विराटनगर किंग्स ५ खेलमा ८ अंकसहित तेस्रो स्थानमा रहेको छ र विराटनगर पनि प्लेअफमा छनौटको सम्भावना बढी रहेको छ ।
त्यसैगरी चितवन राइनोजको ४ खेलमा ४ अंक रहेको छ र चौथो स्थानमा छ भने लुम्बिनी लायन्सको ५ खेलमा ४ अंकसहित पाँचौं स्थानमा छ ।
.jpg)
त्यस्तै कर्णाली याक्सको ५ खेलमा २ अंक छ र छैटौं स्थानमा छ भने पोखरा एभेन्जर्सको ४ खेलमा २ अंक रहेको छ र सातौं स्थानमा छ । त्यस्तै डिफेन्डिङ च्याम्पियन्स रहेको जनकपुर बोल्ट्सको ४ खेलमा चारै खेलमा हार बेहोरेको छ ।
लिग चरणमा ७-७ खेल खेलिने हुनाले अब अन्तिम चरणका खेलले प्लेअफको समीकरण तय गर्ने छ । अहिलेसम्म सुदूरपश्चिम प्लेअफमा पुगेको छ भने अन्य सातै टिमको प्राविधिक रुपमा सम्भावना कायम रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे