२०८२ मंसिर १७, बुधबार
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव बासुदेव रेग्मीले औपचारिक रूपमा उद्योग उद्घाटन गर्दै आफ्नो मन्तव्यमा भने “श्री विनायक कृषि सहकारीले स्थानीय कृषकका उत्पादनलाई मूल्य अभिवृद्धिसहित बजारमा पुर्याउन प्रभावकारी मोडेल विकास गरेको छ।
सहकारीद्वारा सञ्चालनमा आएको खाद्य तथा प्याकेजिङ उद्योगले कृषकका उत्पादनमा ब्रान्डिङ, प्रशोधन र बजार पहुँच विस्तारमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे । सभाका विशेष अतिथि गैंडाकोट नगर सहकारी शाखा अधिकृत देवेन्द्र गौतमले नेपालभरका धेरै कृषि सहकारी चुनौतीपूर्ण परिस्थिति सामना गरिरहेको उल्लेख गर्दै श्री विनायक सहकारीले निरन्तर उदाहरणीय काम गर्दै आएको बताए।
उनले “कृषकसँग प्रत्यक्ष काम गर्ने, उत्पादन संकलन-प्रशोधन गर्ने, बजारमा वितरण गर्नेजस्ता गतिविधि सहकारी क्षेत्रको वास्तविक पहिचान हो। सहकारीले स्थापना गरेको प्याकेजिङ उद्योगले कृषक उत्पादनको मूल्यवृद्धि र बजार विस्तारमा नयाँ आयाम थप्नेमा आफू विश्वस्त रहेको र नगरपालिकाको सहकारी शाखा संस्थासँग सहकार्य गरी अझ प्रभावकारी कार्यक्रम अघि बढाउन चाहेको उनले बताए ।
सभामा संस्थाका अध्यक्ष तिलक प्रसाद कण्डेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराए। उनले कृषकलाई प्रोत्साहनस्वरूप सहकारीले कुटो वितरण गरेको छ। कृषकले उत्पादन गरेका आर्गानिक खाद्यान्न सहकारीले नै संकलन गरेर आफ्नै बिक्री केन्द्रमार्फत बजारमा पुर्याउने व्यवस्था गरिएको छ। साथै कुटानी-पिसानी तथा खाद्य सामग्रीको प्याकेजिङ सेवाका लागि रु २२ लाख बराबरको उद्योग स्थापना गरी कृषकलाई सहजता प्रदान गरिएको छ।” सभामा आर्थिक वर्ष ०८१/०८२ को वार्षिक प्रगति, आर्थिक प्रतिवेदन, ०८२/०८३ को प्रस्तावित नीति तथा बजेट प्रस्तुत गरिएको थियो।
संस्थाका सचिव लक्ष्मीदत्त सापकोटाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष तेजेन्द्र चालिसेले आर्थिक विवरण तथा ०८२/०८३ को अनुमानित बजेट पेश भएको सभामा लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन हरिप्रसाद सापकोटाले प्रस्तुत गरेका थिए। सभामा प्रेमप्रसाद सापकोटा, अगन्धर सापकोटा, बाबुराम खनाल, कृष्णप्रसाद खनाल, नारायण प्रसाद कँडेल, यमुनाथ आचार्य, खगेश्वर सापकोटा, तर्कबहादुर थापा, ठाकुरप्रसाद सापकोटा सहित विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा सहकारी सदस्यहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका उपाध्यक्ष टिकाराम सुवेदीले स्वागत मन्तव्य दिँदै अतिथिहरूलाई स्वागत गरेका थिए ।
सभा सञ्चालन सचिव लक्ष्मीदत्त सापकोटाले गरेका थिए। सहकारीमा कुल १११० जना सेयर सदस्य रहेका छन्।रेडियो संकेतबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे