२०८३ श्रावण २८, बिहिबार


कार्यालयका अनुसार नयाँ प्रणालीमार्फत कम्पनी दर्ता, दर्तापश्चातका प्रक्रिया, आवश्यक कागजात, सेवा प्रवाह तथा कर्मचारीहरूको एक्स्टेन्सन नम्बर लगायतका विषयमा २४ सै घण्टा जानकारी प्राप्त गर्न सकिनेछ।
यस सेवाका लागि सेवाग्राहीले ९७००००४४१४ नम्बरमा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ। कल सेन्टरले कम्पनी प्रशासनसम्बन्धी सम्पूर्ण आधारभूत जानकारी तथा प्रक्रिया बुझाउन सहयोग गर्ने जनाइएको छ।
कार्यालयले सेवा क्रमशः विस्तार गर्दै जाने र थप सूचनाहरू समेट्दै प्रणालीलाई अझ प्रभावकारी र परिमार्जित बनाइने जनाएको छ।
कम्पनी रजिष्ट्रारको कार्यालयले यस पहलले सेवाग्राहीलाई छिटो, सरल र पारदर्शी सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।

ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे