• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

२०८३ जेष्ठ १८, सोमबार
२

नवलपुरमा दुई जनाको हत्या गरेको आरोपमा सञ्जय विक पक्राउ

२०८३ जेष्ठ १३, बुधबार
३

नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

२०८३ जेष्ठ २४, आईतबार
४

गैंडाकोट नगरपालिका बेरुजुमा जिल्लाकै शिर्ष स्थानमा

२०८३ जेष्ठ २४, आईतबार
५

नारायणी नदीमा डुबेर बेपत्ता भएका बालक मृत फेला

२०८३ जेष्ठ १९, मंगलबार
६

विश्व साइकल दिवस: अङकुरम् एकेडेमीद्धारा बृहत् साइकल र्‍यालीको आयोजना

२०८३ जेष्ठ २०, बुधबार
७

डाबरको महमा न्यून खाद्य स्तर: बजारबाट तत्काल फिर्ता गरि बिक्री रोक्न बिभागको निर्देशन

२०८३ जेष्ठ ६, बुधबार
८

तेज ब्रान्डको तोरीको तेल गुणस्तरहीन, बिक्री-वितरणमा रोक !

२०८३ जेष्ठ १६, शनिबार
९

पोखराको फिर्केखोला आसपासका २३ वटा संरचना हटाइयो

२०८३ जेष्ठ १३, बुधबार
१०

भारतका प्रधानन्यायाधीशको अभिव्यक्तिपछि जन्मियो- ‘कक्रोच जनता पार्टी’

२०८३ जेष्ठ ७, बिहिबार
११

रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

२०८३ जेष्ठ २६, मंगलबार
१२

कावासोतीमा यात्रुबाहक बस चेकजाँचको क्रममा १०३ केजी बँदेलको मासु बरामद

२०८३ जेष्ठ ३, आईतबार

सुस्ताको समस्या समाधानका लागि पहल शुरू : सरोकारवाला र सुस्तावासीबीच छलफल

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ अषाढ १, सोमबार

  • २९ पटक पढिएको
  • पुरुषोत्तम सुवेदी, पश्चिम नवलपरासी, असार १- एक साताअघि भारतीय सशस्त्र सीमा बल (एसएसबी) को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर समस्या समाधानका लागि  पहल थालिएको छ।

    एक साताअघि भारतीय सुरक्षाकर्मी (एसएसबी) को टोली सुस्ताको नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयले प्रतिवाद गरेका थिए, जसका कारण सीमा क्षेत्रमा विवाद उत्पन्न भएको थियो। सोही विवाद र सुस्ताको समग्र सुरक्षा अवस्थालाई लिएर सोमबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला र सुस्तावासीबीच छलफल  भएको छ।

    छलफलमा सुस्ता क्षेत्रको प्रतिनिधित्व गर्ने संघीय सांसद विक्रम खनालले सुस्ताको वास्तविक र हालै सिर्जित समस्याका बारेमा प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालयमा लिखित रूपमै जानकारी गराई कूटनीतिक माध्यमबाट दीर्घकालीन समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    संघीय सांसद खनालले दुवै देशका सुरक्षाकर्मीले गर्ने ‘संयुक्त गस्ती’ बाहेक अन्य कुनै पनि बहानामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गर्न नहुने र यसलाई तत्काल रोकिनुपर्ने बताउनुभयो।

    छलफलमा  बोल्दै पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सीमा क्षेत्रमा नेपाली नागरिकको सुरक्षा र भूमिको रक्षा गर्नु प्रशासनको पहिलो दायित्व भएको बताउनुभयो। उहाँले भन्नुभयो, ” हामीले सीमा क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा गस्ती र निगरानी बढाउन गृह मन्त्रालयसँग समन्वय गरिरहेका छौँ। स्थानीय प्रशासन सुस्तावासीको साथमा छ।”

    छलफलमा  बोल्दै सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले सुस्तावासीले सधैँ अभाव र त्रासका बीच पनि देशको सीमा रक्षा गरिरहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “भारतीय एसएसबीले पटक-पटक फरक-फरक बहानामा नेपाली भूमिमाथि आँखा लगाउने गरेको छ। स्थानीय सरकारको तर्फबाट हामी डटेर सामना गरिरहेका छौँ, तर यसको स्थायी कूटनीतिक समाधानका लागि संघीय सरकारले तत्काल भारत सरकारसँग उच्चस्तरीय वार्ता गर्नुपर्छ।”

    छलफलमा आफ्नो पीडा राख्दै स्थानीय बासिन्दा मुन्ना खाँले सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति निकै कमजोर रहेको गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, “यहाँ दरबन्दी अनुसार सुरक्षाकर्मीको सङ्ख्या निकै कम छ। पर्याप्त सुरक्षा फौज नहुँदा भारतीय एसएसबीले सजिलै नेपाली भूमिमा आएर दादागिरी देखाउने आँट गर्छन्। सबैभन्दा पहिले सुस्तामा नेपाली सुरक्षाकर्मीको उपस्थिति बलियो बनाइनुपर्छ र दरबन्दी अनुसार तत्काल थप टोली खटाइनुपर्छ।”

    सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार भारतीय सुरक्षाकर्मीले नियतवश फरक-फरक नयाँ स्थानहरूबाट नेपाली भूमिमा प्रवेश गर्ने र पछि “हामी पहिलेदेखि नै यही बाटो गस्ती गर्थ्यौं” भन्दै दाबी गर्ने गरेका छन्। भारतीय पक्षको यस्तो प्रवृत्तिका कारण सीमा क्षेत्रमा पटक-पटक विवाद बढ्दै गएको स्थानीयको भनाइ छ।

    सोमबारको सर्वपक्षीय छलफल पश्चात् संघीय सांसद खनालले काठमाडौँ पुगेर प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयमा समस्या समाधानका लागि लिखित रूपमा पत्र बुझाउने र कूटनीतिक माध्यमबाट समस्याको दीर्घकालीन र स्थायी समाधान खोज्न सरकारसँग जोडदार माग गर्ने योजना बनाउनुभएको छ।

    सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको यस  छलफलले सुस्ता क्षेत्रको सुरक्षामा रहेका मुख्य कमजोरीहरूलाई उजागर गरेको छ। दरबन्दी अनुसार नेपाली सुरक्षाकर्मीको न्यून उपस्थिति हुनु नै भारतीय एसएसबीको अनधिकृत प्रवेश र मनोबल बढ्नुको प्रमुख कारण देखिन्छ। राज्यको उपस्थिति कमजोर रहँदा र न्यूनतम सेवा-सुविधा समेत नपाउँदा पनि सुस्तावासीले निरन्तर राष्ट्रभक्ति देखाउँदै भूमिको रक्षा गरिरहेका छन्।

    त्यसैले, सुस्तामा तत्काल पर्याप्त सुरक्षा फौज परिचालन गरी गस्ती बढाउनु स्थानीय प्रशासनको पहिलो दायित्व बन्नुपर्छ। यसका साथै, सिमानाको यो संवेदनशील र वर्षौँ पुरानो विवादलाई सदाका लागि अन्त्य गर्न संघीय सरकारले ढिला नगरी प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको स्तरबाट भारत सरकारसँग उच्चस्तरीय कूटनीतिक संवाद थाल्नु र सीमांकन स्पष्ट पार्नु नै एकमात्र स्थायी विकल्प देखिन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सेफ सन्तोष साहलाई हिरासतमा राख्न ३ दिन म्याद थप

  • टेम्पो भीरबाट खसालिएको घटनामा वनका १० कर्मचारी नियन्त्रणमा

  • गण्डकी सहितका चार प्रदेशमा बिहानैदेखि बर्षा

  • चितवनमा आ.व २०८३–८४ को बजेट सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • समाचार
  • १

    सेफ सन्तोष साहलाई हिरासतमा राख्न ३ दिन म्याद थप
    २०८३ अषाढ १, सोमबार

  • २

    सुस्ताको समस्या समाधानका लागि पहल शुरू : सरोकारवाला र सुस्तावासीबीच छलफल
    २०८३ अषाढ १, सोमबार

  • ३

    टेम्पो भीरबाट खसालिएको घटनामा वनका १० कर्मचारी नियन्त्रणमा
    २०८३ अषाढ १, सोमबार

  • ४

    गण्डकी सहितका चार प्रदेशमा बिहानैदेखि बर्षा
    २०८३ अषाढ १, सोमबार

  • ५

    चितवनमा आ.व २०८३–८४ को बजेट सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
    २०८३ जेष्ठ ३१, आईतबार

  • ६

    पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
    २०८३ जेष्ठ ३१, आईतबार

  • ७

    २४ घण्टामा देशभर सवारी दुर्घटनामा ११ जनाको मृत्यु, ११९ घाइते
    २०८३ जेष्ठ ३०, शनिबार

  • ८

    छोरी जन्माउने अभिभावकलाई १२ हजार प्रोत्साहन रकम
    २०८३ जेष्ठ ३०, शनिबार

  • ९

    सेफ सन्तोष साह धनुषाबाट पक्राउ
    २०८३ जेष्ठ ३०, शनिबार

  • १०

    सर्वोच्चको आदेशपछि ट्रेड युनियन खारेज सम्बन्धि सरकारको निर्णय कार्यान्वयनको बाटो खुल्यो
    २०८३ जेष्ठ ३०, शनिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution