२०८३ अषाढ २३, मंगलबार
दोस्रो संस्करणको मंगलबार एक कार्यक्रमकाबिच स्रष्टा समाज चितवनका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकार जयदेव भट्टराई, मेनका चापागाईँ लगायतले संयुक्त रूपमा विमोचन गरे ।
शिखा प्रकाशनका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले ‘बखान’ पाठकहरूले बढी मन पराएको कृतिमध्ये एक बनेको बताए । उनका अनुसार उपन्यासमा चितवनको इतिहास, २००७ सालको बन्दीपुर क्रान्ति तथा २०१८ सालको भरतपुर क्रान्तिलाई तथ्यपरक र साहित्यिक ढङ्गले प्रस्तुत गरिएका छ ।
नेपालका पहिलो सहकारी अभियन्ता तथा समाजसेवी बखानसिंह गुरुङको जीवन संघर्षलाई केन्द्रमा राखेर लेखिएको यस उपन्यासमा चितवनको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा ऐतिहासिक रूपान्तरणलाई आख्यानात्मक शैलीमा चित्रण गरिएको छ ।
लेखक बसन्त पराजुलीले आफ्नो कृतिको दोस्रो संस्करण प्रकाशन हुनु आफ्ना लागि ठुलो उपलब्धि भएको बताए । उनले उपन्यासप्रति देखाएको माया, विश्वास र निरन्तर साथका लागि सम्पूर्ण पाठकप्रति धन्यवाद व्यक्त गरे ।
पत्रकारितासँगै साहित्य सिर्जनामा सक्रिय पराजुलीका यसअघि ‘कुमाता’, ‘मोम्चो’ र ‘ड्रिमी आइज’ प्रकाशित भइसकेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे