• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक ४, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

२०८३ आश्विन २९, बिहिबार
३

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

२०८३ आश्विन ४, आईतबार
४

नयाँ प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु

२०८३ आश्विन ४, आईतबार
५

नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

२०८३ आश्विन २३, शुक्रबार
६

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार
७

गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना

२०८३ आश्विन १९, सोमबार
८

पोखराबाट पहिलो उडानमा जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई

२०८३ आश्विन ७, बुधबार
९

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

२०८३ आश्विन १३, मंगलबार
१०

होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८३ आश्विन १८, आईतबार
११

असोज ८ र ९ गते विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको आग्रह

२०८३ आश्विन ८, बिहिबार
१२

अर्थमन्त्री डा. वाग्ले स्वदेश फिर्ता

२०८३ आश्विन ४, आईतबार

साउन १५ मा एक अर्ब रुपैयाँभन्दा बढीको दूध कारोबार हुने अनुमान

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ श्रावण १३, बुधबार

  • १२२ पटक पढिएको
  • काठमाडौं । राष्ट्रिय खिर दिवसका अवसरमा मनाइने साउन १५ मा देशभर करिब १ अर्ब रुपैयाँभन्दा बढीको दूधको कारोबार हुने अनुमान गरिएको छ ।

    नेपाल डेरी एसोसिएसनले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा साउन १५ मा खिर खाने परम्पराले दूध तथा दुग्धजन्य पदार्थको खपत उल्लेख्य रूपमा बढ्ने भएकाले ठुलो आर्थिक कारोबार हुने जनाएको हो ।

    एसोसिएसनका अनुसार यस वर्ष साउन १५ का दिन देशभर करिब १ करोड लिटर दूध खपत हुने अनुमान गरिएको छ । उक्त परिमाणको दूध तथा त्यससँग सम्बन्धित दुग्धजन्य सामग्रीको प्रयोगबाट १ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने विश्वास गरिएको छ । यसले दूध उत्पादक किसान, डेरी उद्योग, स्थानीय उत्पादन तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने एसोसिएसनको भनाइ छ ।

    राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ साल फागुन १५ गतेको निर्णयअनुसार हरेक वर्ष साउन १५ लाई राष्ट्रिय खिर दिवसका रूपमा मनाउने परम्परा रहँदै आएको छ । यस वर्ष पनि नेपाल डेरी एसोसिएसनले ‘खिरको परिकार, किसानको सम्मान, डेरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान,’ भन्ने नारासहित विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

    एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालद्वारा जारी विज्ञप्तिअनुसार साउन १५ मा काठमाडौँको नयाँ बानेश्वरस्थित मौलिक भान्छा घरको सहकार्यमा खिर प्रवर्द्धन कार्यक्रम आयोजना गरिनेछ ।

    कार्यक्रममा उद्योगी, व्यवसायी, कलाकार, पत्रकार तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहनेछ । साथै एसोसिएसनका प्रदेश तथा जिल्ला समितिहरूले पनि आ–आफ्नो क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछन् ।

    नेपाल कृषि प्रधान देश भएकाले असारभरि धान रोपाइँमा व्यस्त किसानले साउन १५ लाई परिवार, आफन्त र समुदायसँग खुसी साटासाट गर्ने अवसरका रूपमा मनाउने परम्परा रहेको एसोसिएसनले जनाएको छ । खिर खाने संस्कृतिले किसानको श्रमको सम्मान, पारिवारिक एकता तथा नेपाली मौलिक संस्कृतिको संरक्षणको सन्देश दिने विश्वास गरिएको छ ।

    दूध, चामल, चिनी वा गुड, घिउ तथा सुक्खा फलफूलबाट तयार हुने खिर नेपाली समाजमा धार्मिक, सांस्कृतिक र पारिवारिक जीवनसँग गहिरो रूपमा जोडिएको परिकार मानिन्छ । पोषणका हिसाबले पनि खिरले शरीरलाई आवश्यक ऊर्जा, प्रोटिन, क्याल्सियम, भिटामिन तथा खनिज तत्त्व उपलब्ध गराउने भएकाले यसको महत्त्व उच्च रहेको एसोसिएसनले उल्लेख गरेको छ ।

    एसोसिएसनका अनुसार राष्ट्रिय खिर दिवसले नेपाली मौलिक खानाको संरक्षण, दुग्धजन्य पदार्थको उपभोग वृद्धि, किसानको सम्मान, डेरी उद्योगको सुदृढीकरण तथा स्थानीय कृषि उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्ने अवसर प्रदान गर्दछ । पछिल्ला वर्षहरूमा दूध उत्पादन वृद्धि भए पनि बजार विस्तार चुनौती बनेको अवस्थामा यस्ता अभियानले स्वदेशी दुग्ध उत्पादनको खपत बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

  • राष्ट्रिय खिर दिवस
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • गण्डकी सहितका तीन प्रदेशमा हल्का बर्षा हुने

  • दसैँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

  • पूजा पसलबाट घ्यू भन्दै बिक्री भएकाे प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

  • गण्डकी सहितका तीन प्रदेशमा आंशिक बदली हुने

  • समाचार
  • १

    गण्डकी सहितका तीन प्रदेशमा हल्का बर्षा हुने
    २०८३ कार्तिक ४, मंगलबार

  • २

    दसैँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान
    २०८३ कार्तिक ३, सोमबार

  • ३

    पूजा पसलबाट घ्यू भन्दै बिक्री भएकाे प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट
    २०८३ कार्तिक ३, सोमबार

  • ४

    गण्डकी सहितका तीन प्रदेशमा आंशिक बदली हुने
    २०८३ कार्तिक ३, सोमबार

  • ५

    सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
    २०८३ कार्तिक २, आईतबार

  • ६

    यी हुन् कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित २३१ पदाधिकारी र सदस्यहरू
    २०८३ कार्तिक १, शनिबार

  • ७

    क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
    २०८३ कार्तिक १, शनिबार

  • ८

    गण्डकी सहितका तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ कार्तिक १, शनिबार

  • ९

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    २०८३ आश्विन ३०, शुक्रबार

  • १०

    क्युएफएक्स जलमाको तेस्रो हल आजदेखि सञ्चालनमा
    २०८३ आश्विन ३०, शुक्रबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution