२०८३ श्रावण १९, मंगलबार


सोमबार दिउँसो जङ्गलमा उम्रिएको च्याउ खाँदा उनी बिरामी परेका थिए । थापाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीले जानकारी दिए ।
विषालु च्याउ खाई बिरामी भएर अस्पतालमा उपचारका क्रममा राति ११ बजेर ४० मिनेटमा चिकित्सकले थापालाई मृत घोषणा गरेका हुन् ।
साथै जङ्गली च्याउ खाएर मृतक थापाकी श्रीमती अन्दाजी ५० बर्षीया नाम्सरी थापा गम्भीर बिरामी भएकी छन् ।
विषालु च्याउ खाएर गम्भीर भएकी थापाको अस्पतालमा उपचार भइरहेको छ । घटना हुनासाथ खबर पाएपछि प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे