• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक ३, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

२०८३ आश्विन २९, बिहिबार
३

नयाँ प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु

२०८३ आश्विन ४, आईतबार
४

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

२०८३ आश्विन ४, आईतबार
५

नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

२०८३ आश्विन २३, शुक्रबार
६

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार
७

पोखराबाट पहिलो उडानमा जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई

२०८३ आश्विन ७, बुधबार
८

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

२०८३ आश्विन १३, मंगलबार
९

‘छ माया छपक्कै २’ फूलपातीमा प्रदर्शन हुने

२०८३ आश्विन ३, शनिबार
१०

गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना

२०८३ आश्विन १९, सोमबार
११

होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८३ आश्विन १८, आईतबार
१२

असोज ८ र ९ गते विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको आग्रह

२०८३ आश्विन ८, बिहिबार

“गगन-विश्व” को एकलकाँटे चरित्रले पार्टी चल्न सक्दैन : केदार कार्की

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ श्रावण १९, मंगलबार

  • ९५ पटक पढिएको
  • मुलुकको पुरानो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै गएको छ । पार्टी फुटको डिलमा पुग्दा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको कार्यशैली, गुटगत भागबन्डा तथा भावी नेतृत्व र सत्ता समीकरणलाई लिएर इतर समूहका नेता–कार्यकर्तामा असन्तुष्टि बढेको छ ।

    नेतृत्वको यस्तै ’एकलकाटे’ र अपरिपक्व निर्णयका कारण पार्टी विभाजनको जोखिम बढेको भन्दै पार्टी बचाउन बीपी कोइराला पुत्र डा.सशांक कोइरालाको संयोजकत्वमा विशेष ‘राष्ट्रिय भेला’को तयारी समेत भइरहेको छ ।

    यसैगरी, प्रदेशको सत्ता समीकरणमा आउने निरन्तरको फेरबदलले कोशी प्रदेशको समिकरणमा पनि परिवर्तन हुने दिन नजिक आइरहेको छ।

    यिनै समसामयिक तथा राजनीतिक विषयहरूमा आधारित रहेर नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीसँग नेपाल न्यूज बैंकका लागि गरिएको भिडियो कुराकानीः

    अहिले कांग्रेस विभाजनको डिलमा पुगेको हो ?

    कांग्रेस विभाजनको डिलमा पुगेको छैन, तर विभाजन गराउनेतर्फ साथीहरू उन्मुख छन् जस्तो लाग्छ । पार्टी सभापति र उपसभापति ‘पार्टी छिटो विभाजन होस् अनि हामी मात्रै रजगज गर्छौँ, अरू छाडेर जाऊन्’ भन्नेमा हुनुहुन्छ ।

    अर्को पक्ष पार्टी मिलिदिए हुन्थ्यो, स–सम्मान बस्न र सहयोग गर्न पाए हुन्थ्यो भन्नेमा छ । एउटा पक्ष ‘अहिलेका सभापति तिमी, पछिको म’ भनेर बाँडफाँडमा छ । अर्कोतर्फ पुराना, जेल परेका, प्रजातन्त्र र राष्ट्रियताका लागि लडेका सिनियर नेताहरू हुनुहुन्छ । उहाँहरू कोही पनि ‘म सभापति वा प्रधानमन्त्री हुन्छु’ भन्नेमा हुनुहुन्न । उहाँहरू नेपाली कांग्रेस एक भएको देखेर मर्न पाऊँ भन्ने चाहनुहुन्छ ।

    नत्र त विशेष महाधिवेशन सकिनेबित्तिकै विभाजन हुन्थ्यो । अर्कै चुनाव चिन्हबाट चुनाव लडिसक्थे । अपमान, बेइज्जत गर्दा पनि पञ्चायतले फुटाउँदा र लोभ दिँदा त नछाडेका अग्रजहरूले अहिले पनि पार्टी छाड्न खोज्नुभएको छैन । तर जसको हातमा सभापति पुगेको छ, उहाँहरू १०० प्रतिशतको सभापति बन्न खोजिरहनुभएको छैन । त्यो नै पार्टी एकताको ठूलो बाधक हो ।

    यहाँहरूले राष्ट्रिय भेलाको तयारी गर्नुभएको छ, त्यसबाट के हुन्छ ?

    राष्ट्रिय भेलाबाट पनि पार्टी एक बनाउने दबाब सिर्जना हुन्छ । राष्ट्रिय भेलाअघि नै जिम्मेवार बन्नुभयो भने पार्टी एकता हुन्छ ।

    त्यो चान्स (सम्भावना) देख्नुहुन्छ ?

    सभापति हुने मान्छेले सिङ्गो कांग्रेसको सभापति बनौँ भन्ने चाहना राख्नुपर्छ । अरूबाट परिचालित भएनन् भने सहमति हुन्छ । सभापति जिम्मेवार हुनुभयो भने अर्को पार्टी गठन हुँदै–हुँदैन ।

    यही बीचमा प्रदेश सरकारहरू परिवर्तन हुने खेल भएको छ, तपाईं पूर्वमुख्यमन्त्री पनि हुनुहुन्छ, स्पष्ट धारणा के हो ?

    यो नेपाली कांग्रेसको अहिलेको समिति अपरिपक्व छ भन्ने उदाहरण हो । उहाँहरूले इमोसनमा गरेका निर्णयहरू हुन् ।

    अन्य दलहरूसँग कसरी संवाद गर्ने र त्यसलाई कसरी विश्वासिलो बनाउने भन्नेमा नलागेर फुर्किएर काम गर्दाको परिणाम हो । सङ्घीय सरकारलाई चेकिङ र ब्यालेन्स गर्न, सङ्घीयता मजबुत बनाउन, ’प्रदेशलाई बल्गर बनाइयो’ भन्ने प्रधानमन्त्रीलाई खबरदारी गर्न बलियो र प्रजातान्त्रिक प्रदेश सरकार चाहिन्थ्यो ।

    तर उहाँहरूले अपरिपक्व निर्णय गर्नुभयो । पहिले प्रचण्डले ओलीसँग तीन दलको सरकार बनाउने प्रस्ताव राख्नुभयो, ओलीले मान्नुभएन । त्यसपछि उपसभापति १ घण्टा ५६ मिनेट ओलीसँग वार्ता गरेर मन्त्री माग्न जानुभयो । त्यो नभएपछि प्रचण्डले उहाँहरूलाई कागजको गुलाब दिनुभयो, उहाँहरू त्यो सुँघेर बस्नुभयो। श्रीलङ्काबाट फर्किएपछि प्रतिपक्षमा बस्छौँ भन्नुभयो, फेरि अर्को दिन सरकार बनाउने कसरत गर्छौँ भन्नुभयो । यसले उहाँहरूको अपरिपक्वता देखाउँछ ।

    एकातिर सिटी हलको कार्यक्रममा ‘गगनजीलाई प्रधानमन्त्री बनाउन लागिरहन्छौँ’ भन्ने, अनि प्रदेशमा चाहिँ अरू कोही मुख्यमन्त्री÷मन्त्री बन्दा रिस जाग्ने ? यस्तो एकलकाटे चरित्रले सङ्गठन बन्छ ?

    एमाले र नेकपा बिच सहमतिको खाका बनिसकेको छ। यसैबिचमा कोशीको हकमा अब के हुन्छ ?

    कोशीको हकमा अब कोर्ट एमालेको हातमा छ । एमालेको भित्री विवाद र अन्तरसङ्घर्षले गर्दा उहाँहरू अनिर्णित हुनुहुन्छ ।

    हामी त अहिले आधिकारिक रूपमा भन्नुपर्दा परबाट हेरिरहेका छौँ । हस्तक्षेप वा सल्लाह दिने अवस्था छैन । अहिले दलको नेताले निर्णय गर्ने हो, तर दलको नेता माथिबाट के आउँछ भनेर पर्खेर बस्नुभएको छ । माथिकालाई पनि आफ्नो भूमिका के हो भन्ने थाहा छैन ।

    त्यसैले पार्टीको हिसाबले अहिल्यै केही भन्न सकिँदैन । संसद्को हिसाबले भन्नुपर्दा हामी अहिले नयाँ सरकार बन्ने कुरामा पर्ख र हेरको अवस्थामा छौँ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • दसैँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

  • पूजा पसलबाट घ्यू भन्दै बिक्री भएकाे प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

  • गण्डकी सहितका तीन प्रदेशमा आंशिक बदली हुने

  • सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता

  • समाचार
  • १

    दसैँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान
    २०८३ कार्तिक ३, सोमबार

  • २

    पूजा पसलबाट घ्यू भन्दै बिक्री भएकाे प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट
    २०८३ कार्तिक ३, सोमबार

  • ३

    गण्डकी सहितका तीन प्रदेशमा आंशिक बदली हुने
    २०८३ कार्तिक ३, सोमबार

  • ४

    सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
    २०८३ कार्तिक २, आईतबार

  • ५

    यी हुन् कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित २३१ पदाधिकारी र सदस्यहरू
    २०८३ कार्तिक १, शनिबार

  • ६

    क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
    २०८३ कार्तिक १, शनिबार

  • ७

    गण्डकी सहितका तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ कार्तिक १, शनिबार

  • ८

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    २०८३ आश्विन ३०, शुक्रबार

  • ९

    क्युएफएक्स जलमाको तेस्रो हल आजदेखि सञ्चालनमा
    २०८३ आश्विन ३०, शुक्रबार

  • १०

    यी हुन् पूर्वाधार विकासका लागि पहिलो चरणमा छनोट भएका ८९ विद्यालय
    २०८३ आश्विन ३०, शुक्रबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution