२०८३ श्रावण २१, बिहिबार


जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा क्षेत्रमा अनुदानको मल अवैध रूपमा बिक्री भइरहेको सूचनाका आधारमा निगरानी गर्ने क्रममा मलंगवा नगरपालिका–१० स्थित कृष्ण जेनरल स्टोर किराना पसलबाट अनुदानित डीएपी मल बढी मूल्यमा बिक्री भइरहेको पाइएको हो ।
प्रहरीले मलंगवा नगरपालिका–७ का २३ वर्षीय अभिनय राय र २० वर्षीय अभिनन्दन रायलाई नियन्त्रणमा लिएको जनाएको छ ।
उनीहरूले अनुमति बिना खेतीमा प्रयोग हुने डीएपी मल ३५ सयको दरले बिक्री वितरण गरिरहेको बताएकामा प्रहरीले तत्कालै निजको पसलमा चेकजाँच गर्दा उनीहरूको पसलबाट डीएपी लेखिएको ५०–५० किलोका चार बोरा मल बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त मल मलंगवा नगरपालिका–३ निवासी २८ वर्षीय राहुल गुप्ताको पसलबाट प्रतिकिलो ३२ सय रुपैयाँका दरले खरिद गरी ल्याइएको र ३५ सयमा बिक्री गर्ने गरेको खुलेको छ । त्यसपछि गुप्ताको पसलमा खानतलासी गर्दा सात बोरा डीएपी मल बरामद गरिएको थियो ।
बरामद मलसहित तीनै जनालाई पक्राउ गरी कालोबजारीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट सात दिनको म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे