२०८३ श्रावण २७, बुधबार


मंगलबार दिउँसो करिब २ बजे खोलामा नुहाउने क्रममा करुनिया निवासी करमे आलमका करिब १० वर्षीय छोरा रमतुलाह, हिसी अकतरकी करिब १० वर्षीया छोरी सबनम खातुन र शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन पानीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा ७ जना प्रहरीको टोली घटनास्थलमा पुगेको छ।
त्यस्तै, सशस्त्र प्रहरी बल बेस देवाही गोनाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको कमाण्डमा ५ जना तथा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको कमाण्डमा ९ जनाको टोली रबर बोर्ड तथा डाइभिङ सामग्रीसहित खोज तथा उद्धारका लागि परिचालन गरिएको छ।
बेपत्ता बालबालिकाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त गौतमले जानकारी दिनुभएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट करिब ६ किलोमिटर दक्षिणतर्फ पर्छ। प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले खोलामा खोजी गरिरहेको गौतमको भनाइ छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे