• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक २, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

२०८३ आश्विन ४, आईतबार
३

नयाँ प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु

२०८३ आश्विन ४, आईतबार
४

बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

२०८३ आश्विन २९, बिहिबार
५

पोखराबाट पहिलो उडानमा जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई

२०८३ आश्विन ७, बुधबार
६

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार
७

नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

२०८३ आश्विन २३, शुक्रबार
८

‘छ माया छपक्कै २’ फूलपातीमा प्रदर्शन हुने

२०८३ आश्विन ३, शनिबार
९

होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८३ आश्विन १८, आईतबार
१०

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

२०८३ आश्विन १३, मंगलबार
११

गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना

२०८३ आश्विन १९, सोमबार
१२

असोज ८ र ९ गते विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको आग्रह

२०८३ आश्विन ८, बिहिबार

घिउ बारेका भ्रम र वास्तविकता: तौल बढाउनेदेखि मुटुको स्वास्थ्यसम्म

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ श्रावण ३१, आईतबार

  • १०९ पटक पढिएको
  • काठमाडौँ । घिउ खाँदा तौल बढ्छ, खाली पेट घिउ खाँदा शरीरको बोसो घट्छ, घिउले पेटको घाउ निको पार्छ वा घिउ खाँदा हृदयाघात हुन सक्छ भन्ने जस्ता फरक-फरक धारणा समाजमा सुनिँदै आएका छन् । कतिपय मानिस यस्ता धारणालाई विश्वास गरेर आफ्नो खानपानमा समेत लागू गर्छन्।

    तर घिउबारे प्रचलित यीमध्ये कुन कुरा सही हुन् र कुन गलत ? चिकित्सक तथा पोषणविद्हरूले यसबारे फरक-फरक दाबीको तथ्य स्पष्ट गरेका छन् । घिउमा करिब ६० देखि ६५ प्रतिशत संतृप्त बोसो, २० देखि २५ प्रतिशत एकल असंतृप्त बोसो, ३ देखि ४ प्रतिशत बहुअसंतृप्त बोसो तथा केही भिटामिन पाइन्छ । शरीरका लागि आवश्यक बोसोसँगै घिउमा संतृप्त बोसो पनि पर्याप्त मात्रामा हुन्छ, जसले शरीरमा खराब कोलेस्ट्रोलको मात्रा बढाउन सक्छ ।

     

    के घिउ खाँदा तौल बढ्छ ?

     

    चिकित्सकहरूका अनुसार घिउ खाँदैमा मात्र तौल बढ्छ भन्ने हुँदैन । हृदयरोग विशेषज्ञहरुले कुनै पनि खाद्य पदार्थलाई पूर्ण रूपमा अमृत वा विषका रूपमा हेर्न नहुने बताउछन् । त्यसको मात्रा र नियमित सेवन महत्वपूर्ण हुने बताइएको छ । तर घिउ अत्यधिक मात्रामा खाँदा शरीरमा बोसो तथा खराब कोलेस्ट्रोलको मात्रा बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने चिकित्सकहरू बताउछन् ।

     

    के घिउले रक्तनली बन्द गर्छ ? 

     

    घिउ खादा घिउ नै गएर मुटुका रक्तनलीमा जम्ने भन्ने धारणा सही होइन । तर अत्यधिक घिउ सेवनले शरीरमा बोसो बढाउन सक्छ । विशेषज्ञहरुका अनुसार शरीरमा अत्यधिक बोसो बढ्दा हृदयसम्बन्धी समस्या तथा मुटुमा क्षति पुग्ने जोखिम बढ्न सक्छ । त्यसैले घिउले प्रत्यक्ष रूपमा रक्तनली बन्द गर्ने नभए पनि यसको अत्यधिक सेवनले अप्रत्यक्ष रूपमा मुटुको स्वास्थ्यमा असर पार्न सक्छ ।

     

    एक दिनमा कति घिउ खान सकिन्छ ?

     

    पोषणविदका अनुसार स्वस्थ वयस्कले एक दिनमा सबै प्रकारका बोसो वा तेल गरी कुल २७ देखि ३० ग्रामसम्म सेवन गर्न सक्ने बताइएको छ । अमेरिकी हृदय संघले पनि दैनिक कुल ऊर्जामध्ये संतृप्त बोसोबाट प्राप्त हुने ऊर्जा ६ प्रतिशतभन्दा कम हुनुपर्ने सिफारिस गरेको छ । घिउ, मक्खन, पनिर, रातो मासु तथा अन्य पशुजन्य खाद्य पदार्थमा संतृप्त बोसो बढी हुन्छ । लामो समयदेखि भएका वैज्ञानिक अध्ययनहरूले संतृप्त बोसोले शरीरमा खराब कोलेस्ट्रोल अर्थात् एलडीएलको मात्रा बढाउन सक्ने देखाएका छन् । खराब कोलेस्ट्रोल बढ्दा हृदयसम्बन्धी रोगको जोखिमसमेत बढ्न सक्छ । उदाहरणका लागि, एक व्यक्तिलाई दैनिक २ हजार क्यालोरी आवश्यक पर्छ भने त्यसबाट संतृप्त बोसोबाट प्राप्त हुने ऊर्जा १२० क्यालोरीभन्दा बढी हुनु हुँदैन । घिउमा करिब ६० देखि ६५ प्रतिशतसम्म संतृप्त बोसो हुने भएकाले यसको अत्यधिक सेवनले खराब कोलेस्ट्रोल बढाउन सक्ने चिकित्सकहरूको भनाइ छ ।

     

    के घिउले पेटको घाउ निको पार्छ ?

     

    घिउमा पाइने एकल असंतृप्त र बहुअसंतृप्त बोसो शरीरका लागि आवश्यक हुन्छन् । घिउमा लिनोलिक अम्ल, बुट्रिक अम्ल तथा अन्य केही उपयोगी अम्ल पाइने र ती पाचन प्रक्रियामा सहयोगी हुन सक्ने चिकित्सकहरुको भनाइ छ । तर हृदयरोग विशेषज्ञहरुले घिउलाई औषधिका रूपमा प्रयोग गर्न नहुने चेतावनी दिएका छन्। घिउमा संतृप्त बोसोको मात्रा धेरै हुने भएकाले यसको सेवन सीमित गर्नुपर्ने उनको भनाइ छ । घिउले पेटको घाउ निको पार्छ भन्ने दाबीलाई पुष्टि गर्ने पर्याप्त चिकित्सकीय वा वैज्ञानिक प्रमाण भने उपलब्ध छैन ।

     

    के खाली पेट घिउ खाँदा शरीरको बोसो घट्छ ?

     

    खाली पेट घिउ खाँदा शरीरको बोसो घट्छ भन्ने धारणा चिकित्सकहरू गलत मान्छन् । घिउ खाँदैमा शरीरको बोसो घट्दैन। बरु घिउमा ६० देखि ६५ प्रतिशतसम्म संतृप्त बोसो हुने भएकाले अत्यधिक सेवनले खराब कोलेस्ट्रोल बढाउन सक्छ । त्यसैले खाली पेट घिउ खाँदा शरीरको बोसो घट्छ भन्ने दाबीको कुनै ठोस आधार नरहेको चिकित्सकहरूको भनाइ छ ।

     

    के बालबालिकालाई घिउ दिनु राम्रो हो ?

     

    चिकित्सकहरूका अनुसार सीमित मात्रामा घिउ बालबालिकाको विकासका लागि उपयोगी हुन सक्छ । घिउले बालबालिकाको स्नायु प्रणालीको विकास, छालाको स्वास्थ्य तथा पाचन प्रक्रियामा सहयोग गर्न सक्छ । बालबालिकाको शरीरमा हुने पाचन तथा चयापचय प्रक्रिया वयस्कको भन्दा फरक हुन्छ । घिउमा पाइने केही उपयोगी अम्लले बालबालिकाको पेटको स्वास्थ्यमा सहयोग पुर्‍याउन सक्छन् । घिउमा बोसोमा घुल्ने ‘ई’ र ‘के’ जस्ता भिटामिनसमेत पाइन्छन्, जसले बालबालिकाको वृद्धि र विकासमा सहयोग गर्न सक्छन् ।

     

    के घिउ तेलभन्दा राम्रो हो ?

     

    घिउलाई तेलभन्दा राम्रो भन्न सकिने ठोस आधार नरहेको चिकित्सकहरूको भनाइ छ । नियमित रूपमा तेलको सट्टा घिउ प्रयोग गरेर खाना पकाउनु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । घिउमा पकाएको डोसा वा घिउसँग इड्लीजस्ता परिकार कहिलेकाहीँ स्वादका लागि खान सकिए पनि यस्ता परिकार पटक–पटक खानु उचित हुँदैन । घिउ तेलभन्दा राम्रो हो भन्ने प्रमाणित गर्ने ठोस वैज्ञानिक आधार छैन । जसरी घिउको सेवन सीमित गर्नुपर्छ, त्यसैगरी तेलको प्रयोग पनि आवश्यक मात्रामा सीमित गर्नुपर्ने चिकित्सकहरू बताउछन् ।

     

    मधुमेह भएका व्यक्तिले घिउ खान मिल्छ ?

     

    चिकित्सकहरूका अनुसार मधुमेह भएका व्यक्ति, शरीरमा अत्यधिक बोसो भएका व्यक्ति तथा उच्च रक्तचाप भएका व्यक्तिले घिउको सेवनमा विशेष सावधानी अपनाउनुपर्छ । यस्ता व्यक्तिले घिउ पूर्ण रूपमा छाड्नु नै राम्रो हुन सक्छ । घिउमा केही उपयोगी अम्ल भए पनि कुनै खाद्य पदार्थको मूल्यांकन गर्दा त्यसका फाइदा र जोखिम दुवैलाई हेर्नुपर्ने उनको भनाइ छ । विशेषगरी मधुमेह तथा उच्च रक्तचाप भएका व्यक्तिले घिउ सेवन गर्नुअघि आफ्नो स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहलाई ध्यान दिनुपर्ने चिकित्सकहरू बताउछन् ।

     

    घिउ पूर्ण रूपमा हानिकारक वा सबैका लागि फाइदाजनक खाद्य पदार्थ होइन । यसको प्रभाव सेवन गर्ने मात्रा, व्यक्तिको स्वास्थ्य अवस्था र समग्र खानपानमा निर्भर गर्छ । घिउमा केही उपयोगी पोषक तत्व र बोसो भए पनि संतृप्त बोसोको मात्रा धेरै हुने भएकाले अत्यधिक सेवन गर्नु उचित हुँदैन । खाली पेट घिउ खाँदा शरीरको बोसो घट्ने वा घिउले पेटको घाउ निको पार्ने जस्ता दाबीलाई पुष्टि गर्ने पर्याप्त वैज्ञानिक प्रमाण छैनन् । त्यसैले घिउलाई औषधि वा स्वास्थ्य सुधारको विशेष उपायका रूपमा नभई सीमित मात्रामा प्रयोग गरिने खाद्य पदार्थका रूपमा लिन चिकित्सकहरूको सुझाव छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता

  • यी हुन् कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित २३१ पदाधिकारी र सदस्यहरू

  • क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

  • गण्डकी सहितका तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

  • समाचार
  • १

    सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
    २०८३ कार्तिक २, आईतबार

  • २

    यी हुन् कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित २३१ पदाधिकारी र सदस्यहरू
    २०८३ कार्तिक १, शनिबार

  • ३

    क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
    २०८३ कार्तिक १, शनिबार

  • ४

    गण्डकी सहितका तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ कार्तिक १, शनिबार

  • ५

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    २०८३ आश्विन ३०, शुक्रबार

  • ६

    क्युएफएक्स जलमाको तेस्रो हल आजदेखि सञ्चालनमा
    २०८३ आश्विन ३०, शुक्रबार

  • ७

    यी हुन् पूर्वाधार विकासका लागि पहिलो चरणमा छनोट भएका ८९ विद्यालय
    २०८३ आश्विन ३०, शुक्रबार

  • ८

    देशका केही स्थानमा मध्यम बर्षाको सम्भावना
    २०८३ आश्विन ३०, शुक्रबार

  • ९

    रास्वपाले खोल्यो ‘नगरपालिका उम्मेदवार क्लब’ को आवेदन
    २०८३ आश्विन २९, बिहिबार

  • १०

    राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र बिल दिन निर्देशन
    २०८३ आश्विन २९, बिहिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution