२०८३ श्रावण ३१, आईतबार


अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलका अनुसार एम्बुलेन्स पटकपटक बिग्रिने भएकाले अस्पतालभित्रै बिरामी ओसारपसार गर्नसमेत समस्या हुने गरेको छ । “अस्पतालसँग एउटा एम्बुलेन्स भए पनि त्यो नाम मात्रैको छ”, उनले भनिन् ।
प्राकृतिक विपद्, दुर्घटना तथा अन्य कारणले गम्भीर बिरामीलाई पोखरा तथा अन्य सुगम स्थानका अस्पतालमा रिफर गर्नुपर्दा भरपर्दो एम्बुलेन्स नहुँदा समस्या जटिल हुने गरेको उनले बताइन् । नयाँ एम्बुलेन्स उपलब्ध गराउन प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयको आपूर्ति शाखासँग दुई वर्षदेखि पटकपटक माग गरिए पनि हालसम्म प्राप्त नभएको उनले दुखेसो गरिन् ।
अस्पताल नजिकै रहेको घरपझोङ गाउँपालिकाको एम्बुलेन्स पनि बिग्रिएर थन्किएपछि बिरामीलाई समस्या थपिएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले गाउँपालिकासँग एउटा एम्बुलेन्स भए पनि हाल सञ्चालनमा नरहेको स्वीकार गरे ।रासस
मुस्ताङका पाँच स्थानीय तहमध्ये चार वटामा आठ वटा एम्बुलेन्स भए पनि आधा मात्र सञ्चालनमा छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा भने एउटा पनि एम्बुलेन्स छैन । उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका रहेका एम्बुलेन्स भने सुचारु रुपले चलेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे