२०८३ भाद्र १९, शुक्रबार




डिभिजनले रसुवा र धादिङलाई समेत जोड्ने गरी वैकल्पिक सडक निर्माण, मर्मत तथा स्तरोन्नति गरी यातायात सञ्चालनमा ल्याएको हो। पृथ्वी राजमार्गको मास्टारदेखि धादिङबेसीसम्म १५ किलोमिटर वैकल्पिक सडक सञ्चालनमा आएको छ। यो मार्ग केउरिनीटार, बेलिनटार, आदमटार, पिपलटार, गजुरीटार, नेपालटार र परेवाटार हुँदै धादिङबेसी पुग्छ ।
त्यस्तै, त्रिशूली नदीपारिको क्षेत्रलाई जोड्न गल्छीदेखि त्रिशूली बजार हुँदै किस्पाङ गाउँपालिकाको सीमासम्म करिब ४० किलोमिटर वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। यो सडक कल्लेरीटार, कोशीखोला, पिमलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजार पुग्छ। यसबाट धादिङको गल्छी तथा नुवाकोटका तारकेश्वर, विदुर र मेघाङ क्षेत्रलाई यातायात सञ्जालमा जोडिएको छ।
देवीघाटस्थित क्षतिग्रस्त तादी खोला पुलको विकल्पमा पिपलटार–धमले–निरञ्जना–बाघखोर–हर्रे–देउराली–कोल्पुटार सडकमार्फत ३५ किलोमिटर क्षेत्रमा चारपाङ्ग्रे सवारी सञ्चालन गरिएको छ। यसले नुवाकोटको विदुर र बेलकोटगढी क्षेत्रलाई जोड्नेछ।
रसुवा आवतजावतका लागि ढिकुरे हुँदै फेदी, बेसीचोक, हिरामुनिटार, चोगते, बोरेभञ्ज्याङ, सानो खोला, धनस्वारा, भोर्ले, जिबजिबे र बोगटीटारसम्मको करिब १२ किलोमिटर नुवाकोट खण्ड सञ्चालनयोग्य बनाइएको छ। रसुवा खण्डमा भने सडक मर्मतको काम जारी रहेको छ।
सडक डिभिजन नुवाकोटले आपत्कालीन अवस्थामा सडक खुलाउने, पहिरो हटाउने, कल्भर्ट निर्माण गर्ने, सडक सतह सुधार गर्ने र ग्राभेल राख्नेलगायतका काम निरन्तर गरिरहेको जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे