• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ६, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
८

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
११

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार
१२

मनिष झाले रास्वपा महामन्त्रीमा उम्मेदवारी दिने

२०८३ अषाढ ८, सोमबार

लोकसेवा तयारी: समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग १८

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० जेष्ठ ३१, बुधबार

  • ८५१ पटक पढिएको
  • १. विसं २०८० जेठ २७ मा सम्पन्न ‘सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन’ को उपाधि जित्ने क्लब कुन हो ?

     चर्च ब्वाइज युनाइटेड (उपविजेता : मच्छिन्द्र फुटबल क्लब)

    – चर्च ब्वाइज ‘ए’ डिभिजन लिगको पहिलो सहभागितामा नै लिग च्याम्पियन हुन सफल भएको । गत वर्ष ‘बी’ डिभिजन लिग च्याम्पियन भएर चर्च ब्वाइजले यस पटक पहिलो पल्ट घरेलु शीर्ष लिग खेलेको थियो ।

    – चर्च ब्वाइज डेब्युमै उपाधि जित्ने दोस्रो टोली हो । यसअघि मनाङ–मस्र्याङ्दी क्लबले २०४३ सालमा डेब्युमै लिग च्याम्पियन बन्ने सौभाग्य प्राप्त गरेको थियो ।

    – उपाधि विजेता चर्च ब्वाइजले ७५ लाख रुपियाँ पुरस्कार हात पारेको छ । त्यस्तै उपविजेता मच्छिन्द्र फुटबल क्लबले ५० लाख रुपियाँ तथा तृतीय स्थान हासिल गरेको नेपाल पुलिस क्लबले ३५ लाख रुपियाँ प्राप्त गरेको छ ।

    २. बैङ्किङ प्रविधि क्षेत्रको प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२३’ बाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ?

     ग्लोबल आइएमई बैङ्क

    – नवीनतम ग्राहक केन्द्रित आविष्कारहरूको सर्जक बैङ्कहरूलाई प्राविधिक रूपान्तरण, यसको सही प्रयोग तथा टेक्नोलोजीमा सृजनशीलता जस्ता तथ्यलाई आधार मानी यो अवार्ड प्रदान गर्ने गरिएको ।

    – डिजिटल ट्रान्सफर्मेसन, टेक्नोलोजीमा नवीनता एवं उत्कृष्टता र यसको सही सदुपयोग गर्दै उत्तरदायी तथा सुरक्षित बैङ्किङमार्पmत सेवा प्रवाह गरेबापत अवार्ड प्रदान गरिएको जनाइएको ।

    ३. पहिलो पल्ट गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय सङ्गीत सम्मान कसलाई प्रदान गरियो ?

     गीतकार किरण खरेल

    – त्यसै गरी तारावीरसिंह तुलाधरलाई प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय वाद्यवादन सम्मान एवं गायिका मिलन नेवारलाई प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय युवा सङ्गीत पुरस्कार प्रदान गरिएको छ ।

    – गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले पहिलो पटक अमर गायक प्रेमध्वज प्रधानको स्मरणमा गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

    ४. सरकारले विसं २०८० जेठमा कतिवटा हिमचुचुरालाई आरोहणका लागि खुला गरेको छ ? 

     पाँच वटा

    – योसँगै आरोहणका लागि खुला चुचुराको सङ्ख्या ४२० पुगेको छ ।

    – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल हिमशृङ्खलामा पर्ने पाँच वटा चुचुरा आरोहणका लागि खुला भएका छन् ।

    ५. विसं २०८० मा प्रदान गरिने हृदयचन्द्र सिंह स्मृति पुरस्कार कसलाई प्रदान गरियो ? 

     प्रगतिवादी साहित्यकार मोहनविव्रmम सिंह

    ६. विश्व बैङ्कद्वारा सन् २०२३ जुन ६ मा प्रकाशित ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स अनुसार सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ? 

     ४.१ प्रतिशत

    – चालु आर्थिक वर्षमा नेपालले ४.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । प्रतिवेदन अनुसार आगामी आवमा नेपालको वृद्धिदर ४.९ प्रतिशत पुग्ने छ ।

    – दक्षिण एसियाली मुलुुकमध्ये चालु आवमा सबैभन्दा धेरै भारतले ७.२ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण रहेको छ । त्यसपछि माल्दिभ्सले ६.६ प्रतिशत, बङ्गलादेशले ५.२ प्रतिशत, भुटानले ४.५ प्रतिशत वृद्धिदर हासिल गर्ने विश्व बैङ्कको प्रक्षेपण रहेको छ ।

    – पाकिस्तानको अत्यन्त न्यून ०.४ प्रतिशत वृद्धिदर हुँदा श्रीलङ्काको वृद्धिदर ४.३ प्रतिशतले नकारात्मक हुने प्रक्षेपण गरिएको छ ।

    – प्रतिवेदनमा विश्वका विकसित दशहरूले मौद्रिक नीतिमा लिएको कडाइले दक्षिण एसियाली मुलुक प्रभावित भए पनि सन् २०२२ को दोस्रो त्रैमासपछि त्यसको प्रभाव बिस्तारै कम भएको उल्लेख गरिएको छ । यद्यपि, आर्थिक वृद्धिमा भएको सुस्तताले भने निरन्तरता पाएको उल्लेख गरिएको छ ।

    – खास गरी श्रीलङ्का, पाकिस्तान र अफगानिस्तानले गहिरो आन्तरिक सङ्कट बेहोर्नु परेको प्रतिवेदनले उल्लेख गरेको छ । नीतिगत अनिश्चितता र आयातका लागि विदेशी मुद्रा सञ्चितिको अपर्याप्तता जस्ता सङ्कट दक्षिण एसियाली मुलुकले भोग्नु परेको पाइएको छ ।

    – प्रतिवेदनले समग्रमा दक्षिण एसियाली क्षेत्रको वृद्धिदर सन् २०२३ मा औसतमा ५.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । त्यस्तै सन् २०२४ मा यस्तो वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण छ । उच्च सरकारी र बाह्य ऋण, न्यून विदेशी मुद्राको सञ्चिति र सामाजिक आर्थिक दबाबले यस क्षेत्रको आर्थिक वृद्धिदरलाई असर पु¥याउने अनुमान रहेको छ ।

    ७. ‘सानै छु बढ्न देऊ : बालविवाह होइन पढ्न देऊ’ नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो ?

     सुदूरपश्चिम प्रदेश

     

    ८. आइएसओ गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो नगरपालिका कुन हो ?

     तिलोत्तमा नगरपालिका (रुपन्देही)

    ९. नेपाली स्याटेलाइट ‘नेपाली स्याट–१’ अन्तरिक्षमा कति दिन रहेर खसेको हो ?

     ८४१ दिन

    – नेपाली युवा वैज्ञानिक हरिराम श्रेष्ठ र आभास मास्केले बनाएको ‘नेपाली स्याट–१’ नामक भू–उपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खसेको हो ।

    – सो भू–उपग्रहले अन्तरिक्षमा रहँदा पृथ्वीलाई १३ हजार ४५६ फन्को लगाएको थियो ।

    – नेपाली स्याटसँगै अन्तरिक्षमा छाडिएको श्रीलङ्काको राभाना–१ भू–उपग्रह पनि खसेको थियो ।

    – ‘नेपाली स्याट–१’ २०७६ वैशाख ५ गते अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो ।

    १०. आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत कति वटा निकाय खारेजी तथा गाभिने घोषणा गरिएको छ ? 

     २० वटा

    ११. सन् २०२४ को गृष्मकालीन ओलम्पिक खेलकुद कुन देशमा आयोजना हुने भएको छ ?

     फ्रान्स

    १२. ‘कल्पग्रन्थ’ नामक कृतिका लेखक कुमार नगरकोटी हुन् भने ‘मैले देखेको नेपाल’ नामक कृतिका लेखक को हुन् ?

     हर्क गुरुङ

    १३. गृष्मकालीन र शीतकालीन दुवै ओलम्पिक आयोजना गर्ने विश्वको पहिलो सहर कुन हो ?

     बेइजिङ

    – सन् २०२२ मा २४ औँ शीतकालीन ओलम्पिक आयोजना गरेको बेइजिङले सन् २००८ मा गृष्मकालीन खेलकुद आयोजना गरेको थियो ।

    – २४ औँ शीतकालीन ओलम्पिकमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल राष्ट्र व्रmमशः नर्वे, जर्मनी

    र चीन हुन् ।

    – २४ औँ शीतकालीन ओलम्पिकमा पहिलो स्वर्ण पदक जित्न सफल खेलाडी थेरेसा जोहान (नर्वे) हुन् ।

    – सर्वाधिक स्वर्ण पदक जित्न सफल खेलाडी नर्वेका जोहानेस बोेस (चार स्वर्ण र एक कांस्य) हुन् ।

    – यस खेलकुद प्रतियोगिताको नारा : टुगेदर फर अ सेयरड फ्युचर (साझा भविष्यका लागि एकजुट) रहेको छ ।

    – ९१ देशका दुई हजार ८७१ खेलाडीको सहभागिता रहेको,

    – सात खेल तथा १५ इभेन्ट समावेश,

    – पदक हासिल गर्न सफल राष्ट्र ः २७ (९१ राष्ट्रमध्ये),

    – अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलियालगायत १५ राष्ट्रले यस ओलम्पिकमा आफ्ना खेलाडी पठाए पनि कूटनीतिक बहिष्कार गरेका,

    – २५ औँ शीतकालीन ओलम्पिक सन् २०२६ मा इटालीको मिलान कोर्टिनामा हुने छ ।

    – शीतकालीन ओलम्पिकमा हालसम्म नेपालको सहभागिता नभएको,

    – पहिलो शीतकालीन ओलम्पिक खेलकुद सन् १९२४ मा आयोजना भएको हो ।

    १४. विराटनगर–जोगवनी संयुक्त भन्सार नाकामा मालवाहक रेल सेवा कहिलेदेखि सुरु भएको हो ? 

     विसं २०८० जेठ १८

    – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेसँगै विराटनगर–जोगवनी नाकामा रहेको संयुक्त भन्सार जाँच चौकीसम्म भारतीय मालवाहक रेलसेवा सञ्चालनमा आएको छ ।

    – आइसिपीसम्म मालवाहक रेल सेवा सुरु भएपछि व्यवसायीले दोहोरो झन्झट खेप्नु नपर्ने र ढुवानी खर्च पनि घट्ने भएको छ ।

    १५. विश्व दुध दिवस कहिले मनाइन्छ ?

     जुन १

    – सन् २०३३ को नारा ः दुग्ध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार

    – विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पु¥याएको योगदानको मनन गर्दै दुधको उपभोग वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले सन् २००१ जुन १ देखि यो दिवस मनाउन सुरु गरेको हो ।

    – नेपालमा यो दिवस सन् २०११ देखि मनाउन सुरु गरिएको हो ।

    १६. रानाथारू समुदायबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति को हुनुहुन्छ ? 

     धनगढीकी जीवन राना

    १७. संयुक्त राष्ट्रसङ्घले सन् २०२५ मा आयोजना हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप–३०) का लागि चयन गरेको ठाउँ कुन हो ? 

     ब्राजिल   प्रस्तुतकर्ता : टङ्क केसी/गोरखापत्रबाट

  • लोकसेवा तयारी
  • लोकसेवा बस्तुगत
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो

  • भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु

  • विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै

  • गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने

  • समाचार
  • १

    अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो
    २०८३ श्रावण ६, बुधबार

  • २

    भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु
    २०८३ श्रावण ६, बुधबार

  • ३

    विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै
    २०८३ श्रावण ६, बुधबार

  • ४

    गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने
    २०८३ श्रावण ६, बुधबार

  • ५

    बझाङ केन्द्रविन्दु भएर बिहानै भू-कम्पको धक्का
    २०८३ श्रावण ६, बुधबार

  • ६

    नेपाल नामिबियासँग ८ विकेटले पराजित
    २०८३ श्रावण ५, मंगलबार

  • ७

    वरिष्ठ पशु चिकित्सक डा. घिमिरेलाई सेवाबाट हटाउने निर्णय
    २०८३ श्रावण ५, मंगलबार

  • ८

    भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना
    २०८३ श्रावण ५, मंगलबार

  • ९

    सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिने
    २०८३ श्रावण ५, मंगलबार

  • १०

    चितवनमा पछिल्लो एक बर्षमा ५४५ सवारी दुर्घटना, १०५ जनाको मृत्यु
    २०८३ श्रावण ५, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution