• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ८, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८३ श्रावण १०, आईतबार
२

निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर तीन जनाको मृत्यु

२०८३ श्रावण १३, बुधबार
३

सिर्जना इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा प्रथम त्रैमासिक परीक्षा सम्पन्न

२०८३ श्रावण ९, शनिबार
४

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
५

मलखाद बोकेको बोलेरो जीप दुर्घटना: एक जनाको मृत्यु

२०८३ श्रावण १४, बिहिबार
६

१ लाख घुससहित गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ

२०८३ श्रावण १९, मंगलबार
७

त्रिशूली नदीमा इभी भ्यान खस्दा चालक बेपत्ता

२०८३ श्रावण ९, शनिबार
८

मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन

२०८३ श्रावण २८, बिहिबार
९

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार
१०

यी प्रदेशका पहाडी र हिमाली भूभागमा भारी बर्षा हुने

२०८३ श्रावण १९, मंगलबार
११

आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने संघको घोषणा

२०८३ श्रावण १२, मंगलबार
१२

सहन प्रधानको संगीतमा ‘यो रातो सारी’ तीज गीत सार्वजनिक

२०८३ श्रावण २८, बिहिबार

स्थानीय तहको पाँच वर्ष, पूर्वाधार विकासमा फड्को

नवलपुर अनलाइनप्रकाशित मिति: २०७८ फागुन २३, सोमबार

  • ५३७ पटक पढिएको
  • स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल करिब सकिन लागेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । घोषणा गरिएको मितिमा निर्वाचन भए नयाँ जनप्रतिनिधिले आगामी जेठबाट स्थानीय तहको पाँच वर्षका लागि बागडोर समाल्ने छन् ।

    पाँच वर्ष कार्यकाल समापन हुनै लाग्दा धेरैजसो स्थानीय तहले पूर्वाधार क्षेत्रको विकासमा उल्लेख्य फड्को मारेका छन् । तीमध्ये कावासोती नगरपालिकाले समेत पाँच वर्ष अवधि समापन हुनै लाग्दा सडक स्तरोन्नति, चक्रपथ, प्रशासनिक भवन, वडा कार्यालयको भवन, फोहरमैला व्यवस्थापन केन्द्र र वन्यजन्तुको क्षति न्यूनीकरणका लागि पर्खालसहितको मेसजाली निर्माणलगायत काममा प्रगति हासिल गरेको छ ।

    कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले आफ्नो कार्यकालमा ६४ दशमलब ५ किलोमिटर सडक कालोपत्र गरेको जानकारी दिइन् । करिब १२८ किलोमिटर सडक ग्राभेल तथा स्तरोन्नति र नगरका विभिन्न स्थानमा गरी १० किलोमिटर पिच सडकमर्मत गरिएको उनले बताइन् । उनले भनिन्, “सडक पूर्वाधार निर्माणले ग्रामीण भेगको पहुँच बजार र राजमार्गसँग सहज रुपमा भएकाले यसले हरेक क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास छ ।”

    यसैगरी करिब ६७ दशमलब ८ किलोमिटर पक्की नाला तथा नगरको विभिन्न वडामा गरी ९५ वटा कल्भर्ट निर्माण सम्पन्न गरेको नगरपालिकाले जनाएको छ । नगरका विभिन्न स्थानमा एक हजार ९०० वटा सडक बत्ती जडान गर्नुका साथै ८०० विद्युत् पोलसहित विभिन्न स्थानमा विद्युतीकरणको कार्यसमेत सम्पन्न भएको प्रमुख पुनले बताइन् । नगरभित्रका साना बाटोमा मोजाइक टायल लगाउने कामसमेत गरिएको उनले बताइन् । चालु आवमासमेत विभिन्न साना बाटोमा यो कार्य भएको उनको भनाइ छ । नगर गौरवको योजनाको रुपमा रहेको कावासोती चक्रपथको हालसम्म १० किलोमिटर सडक कालोपत्र भएको छ भने नगरपालिकाको प्रशासनिक भवनसहित वडा नं ४, ५, ७, ८, ९ र १५ को कार्यालय भवन निर्माण सम्पन्न भएका छन् । त्यस्तै वडा नं १, २, ३, ६, ११, १३ र १६ को कार्यालय भवन चालु आवमा सम्पन्न हुने लक्ष्य राखिएको नगर प्रमुख पुनले बताइन् ।

    आफ्नो कार्यकालमा नगरस्तरमा दिगो फोहरमैला व्यवस्थापनका लागि फोहरमैला व्यवस्थापन केन्द्रको निर्माण सम्पन्न भई फोहरमैला व्यवस्थापनको कार्य अगाडि बढाइएको नगरपालिकाका उपप्रमुख प्रेमशङ्कर मर्दनिया थारुले बताए । मध्यवर्ती क्षेत्रमा हुने वन्यजन्तुको क्षति रोक्न १९ किलोमिटर क्षेत्रमा पर्खालसहितको मेसजाली निर्माण गर्ने काम विभिन्न वडामा भएको उनले बताए । आफ्नो कार्यकालमा विपन्न समुदायको आवास व्यवस्थापनका लागि हालसम्म ८८ वटा घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ । चालु आवमा १७ घर निर्माण गरी हस्तान्तरण गरिने उपप्रमुख मर्दनिया थारुले बताए ।

    आफ्नो कार्यकालमा कभर्ड हलको निर्माण सम्पन्न भएको उनको भनाइ छ । वडा नं ६ को विष्णुनगर चौर क्षेत्रलाई नगरस्तरीय रङ्गशाला निर्माण गर्न गुरुयोजना निर्माण गरी काम सुरु गरिएको उल्लेख गर्दै उनले पोखरी तालको गुरुयोजना निर्माण गरी बाटो तथा पार्क स्तरोन्नतिमा काम भएको जानकारी दिए । नगरभित्र अत्याधुनिक कोल्ड स्टोर निर्माणका लागि बजेट विनियोजन, वडा नं १७ मा सामुदायिक बीउ बैंक निर्माण, सय भन्दा बढी मन्दिर, २५ भन्दा बढी सामुदायिक एवम् क्लबको भवन स्तारोन्नति तथा नयाँ निर्माण गरिएको छ । वडा नं ३, ५, ८ र १२ मा गुम्बाको निर्माण तथा स्तरोन्नति गरिएको उपप्रमुख मर्दनिया थारुले बताए ।

    उनका अनुसार नगरपालिकाले साविकका गाविस भवन रहेका वडा कार्यालयको स्तरोन्नति गरिएको छ । आदिवासी थारु सङ्ग्रालयको भवन स्तरोन्नति गर्नुका साथै रेडक्रससँगको सहकार्यमा ब्लड बैंक तथा आपतकालीन भण्डारणका लागि गोदाम निर्माण गरिएको उपप्रमुख मर्दनिया थारुले बताए । एक वडा एक खेल मैदानअन्तर्गत नगर क्षेत्रभित्रका खेल मैदान स्तरोन्नति कार्यको सुरुआत गरिएको, हरित सहर निर्माण अभियानअन्तर्गत विभिन्न वडाभित्रका मूल सडक दायाँवायाँ वृक्षरोपण गरिएको छ । खानेपानी कार्यालयसँगको सहकार्यमा वडा नं ३ मा ओभरहेड टङ्की निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

    यसैगरी वडा नं ४, १२, १३ र १७ मा खानेपानी ट्याङ्की तथा वडा नं ४ को चिलाहा खानेपानी आयोजनामा पाइपलाइन विस्तार गरी डिप बोरिङ सञ्चालनमा रहेको छ । साथै वडा नं १५ मा खोनेपानी पहुँच विस्तारका लागि पाइपलाइन विस्तारको कार्य गरिएकोसमेत नगर उपप्रमुख मर्दनिया थारुले बताए ।

    यसैगरी जनतालाई सुविधा दिन न्यूनतम आवश्यकताको पहिचान गरी सोही अनुसार काम गरेको उनको भनाइ छ । “हामीले सामान्य खालका योजनालाईसमेत अगाडि बढायौं, जुन योजनाले आम नागरिकलाई सहज पु¥याउने खालका थिए”, उनले भने, “स्थानीय सरकारको आफ्नो सामर्थ्य अनुसारको काम गर्न हामी चुकेका छैनौं भन्ने लागेको छ ।”  रासस

  • कावासोती
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    कावासोती नगरपालिका सम्बन्धि थप
  • गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षा हुने

  • ३५ बर्षको हिसाब माग्ने होइन, आउदो ३५ बर्षको योजना बनाउनुस्- रवि लामिछाने

  • खाद्य स्वच्छताका आधारमा होटल रेष्टुरेन्टलाई गरिने स्तरीकरण कार्यक्रम सम्पन्न

  • रास्वपा केन्द्रीय सदस्यहरुको कार्यशाला आज सकिदै

  • समाचार
  • १

    गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षा हुने
    २०८३ भाद्र ८, सोमबार

  • २

    ३५ बर्षको हिसाब माग्ने होइन, आउदो ३५ बर्षको योजना बनाउनुस्- रवि लामिछाने
    २०८३ भाद्र ७, आईतबार

  • ३

    खाद्य स्वच्छताका आधारमा होटल रेष्टुरेन्टलाई गरिने स्तरीकरण कार्यक्रम सम्पन्न
    २०८३ भाद्र ७, आईतबार

  • ४

    रास्वपा केन्द्रीय सदस्यहरुको कार्यशाला आज सकिदै
    २०८३ भाद्र ७, आईतबार

  • ५

    देशका अधिकांश स्थानमा मध्यम बर्षा हुने
    २०८३ भाद्र ७, आईतबार

  • ६

    भरतपुरस्थित निजी ‘प्लस टु’का शिक्षक आन्दोलनमा, ५ पिरियडको एक ‘फ्ल्याट’ माग
    २०८३ भाद्र ६, शनिबार

  • ७

    देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न
    २०८३ भाद्र ६, शनिबार

  • ८

    लुभुमा ‘अन टेस्ट’ ईभी दुर्घटनामा चार जना घाइते, दुईको अवस्था गम्भीर
    २०८३ भाद्र ६, शनिबार

  • ९

    गण्डकी लगायतका चार प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र ६, शनिबार

  • १०

    रास्वपाको प्रवक्तामा जगदीश खरेल, विभाग प्रमुखमा को को भए चयन?
    २०८३ भाद्र ५, शुक्रबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution