२०८२ जेष्ठ ६, मंगलबार
विद्यालयमा आयोजित नमुना निर्वाचन कार्यक्रममा उनी कक्षा ६ देखि १० सम्मको ‘ब्लु हाउस’मार्फत ‘क्याप्टेन’को उम्मेदवारसमेत थिए । उनले आफूले देशमा आवधिकरुपमा विभिन्न प्रकारका चुनाव भएको र ती चुनावमा मतदाता शिक्षाको अभावमा धेरै मत खेर जाने गरेको विभिन्न सञ्चार माध्यमबाट थाहा पाएको बताए ।
‘मलाई देशमा निर्वाचन हुन्छ भन्ने कुरा थाहा थियो, निर्वाचनको बेला हुने चहलपहलबारे पनि म जानकार नै थिएँ तर, यसरी आफू नै उम्मेदवार भएर मतदानमा भाग लिँदा पढाइबाट थाहा पाएको भन्दा अतिरिक्त क्रियाकलापले धेरै सिक्ने अवसर मिलेको छ,’ कक्षा ६ मा अध्ययनरत ‘ग्रीन हाउस’का भाइस क्याप्टेन उम्मेदवार सम्राट अधिकारीले बताए ।
‘मतदाता शिक्षाको कमीले बदर हुने मतका कारण निर्वाचनमा योग्य मान्छे निर्वाचित हुनबाट वञ्चित हुने सम्भावना धेरै हुन्छ, त्यसैले अब हाम्रो भूमिका हाम्रो टोलसमाजमा निर्वाचनताका साधारण मतदातालाई कसरी आफूले चाहेको उम्मेदवारलाई मत बदर नहुने किसिमले मतदान गर्ने भनेर सिकाउने पनि हुनुपर्छ’, ‘स्टुडेन्ट काउन्सिल’को ‘हेड ब्वाय’मा निर्वाचित कक्षा १० का छात्र सुभांशराज केसीले बताए । आइतबार अबेर सम्पन्न नमुना निर्वाचनको मतगणना सोमबार गरिएको थियो ।
कक्षा १ देखि ५ को समूहको रेड हाउस क्याप्टेनमा सुभांशराज गौतम र भाइस क्याप्टेनमा राजकुमार अर्याल, एल्लो हाउस काप्टेनमा इभाना घले र वैदेही शर्मा, ब्लु हाउस क्याप्टेनमा कार्ल भण्डारी र भाइस क्याप्टेनमा प्रमिता अर्याल तथा ग्रीन हाउस क्याप्टेनमा निर्वाण अग्रवाल र भाइस क्याप्टेनमा प्रद्युम्न क्षेत्री विजयी भए ।
त्यसैगरी, कक्षा ६ देखि १० को समूहबाट रेड हाउस क्याप्टेनमा आहाना कौडेल र भाइस क्याप्टेनमा लीना तिवारी, एल्लो हाउस क्याप्टेनमा आयुषा चापागाईं र भाइर क्याप्टेनमा कृतिका भट्टराई, ब्लु हाउस क्याप्टेनमा जेनस क्षेत्री र भाइस क्याप्टेनमा ग्रिष्ना पाण्डे तथा ग्रीन हाउस क्याप्टेनमा जेसिका तामाङ र भाइस क्याप्टेनमा सम्राट अधिकारी निर्वाचित भए ।
त्यस्तै, आइतबारै सम्पन्न निर्वाचनबाट विद्यार्थी परिषद्को ‘हेड ब्वाय’मा सुभांशराज के.सी., ‘हेड गर्ल’मा रिहाना गैरे तथा डुपुटी हेड ब्वाय र डेपुटी हेड गर्लमा क्रमशः मेन्सन रामदाम र आश्रिका बाँस्तोला निर्वाचित भएका छन् । अतिरिक्त क्रियाकलापकेन्द्रित विद्यालयको नियमित शैक्षिक क्यालेन्डरअनुसार विद्यार्थीलाई व्यवहारिक ज्ञानसँग परिचित गराउन नमुना निर्वाचन गराइएको निर्वाचनमा केन्द्राध्यक्षको भूमिका निभाएका तहप्रमुख अर्जुन जी शर्माले जानकारी दिए ।
इसिए हेड विक्की थापाले निर्वाचन अधिकृतको जिम्मेवारी निभाएका थिए भने विजयी उम्मेदवारहरुलाई विद्यालयका आवासीय निर्देशक नईम चौधरीले प्रमाणपत्र वितरण गरेका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे