२०८३ श्रावण ९, शनिबार


विद्यालयका अनुसार कक्षा ६ देखि १० सम्मको परीक्षा तथा नतिजा प्रकाशन विगत वर्षहरूमा जस्तै परम्परागत मूल्याङ्कन प्रणालीअनुसार सञ्चालन गरिएको छ। यसबाट विद्यार्थीहरूको विषयगत ज्ञान, सीप तथा उपलब्धिको मूल्याङ्कन गरिएको विद्यालय प्रशासनले जनाएको छ।
त्यसैगरी, कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको मूल्याङ्कन पाठ्यक्रम विकास केन्द्र (CDC), सानोठिमी, भक्तपुरद्वारा निर्धारित मापदण्डअनुसार गरिएको छ। यी कक्षाहरूको नतिजा मुख्य रूपमा अभिभावकलाई आफ्ना बालबालिकाको सिकाइ प्रगति, व्यवहार, सहभागिता तथा समग्र विकासबारे जानकारी गराउने उद्देश्यले तयार गरिएको विद्यालयले जनाएको छ।
विद्यालयले कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको मूल्याङ्कन निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली (Continuous Assessment System–CAS) का आधारमा गरेको छ। यस प्रणालीले लिखित परीक्षामा मात्र निर्भर नरही विद्यार्थीको दैनिक सिकाइ, कक्षाकोठामा सहभागिता, सिर्जनशीलता, व्यवहार तथा विभिन्न गतिविधिमा संलग्नतालाई समेत समेट्ने गर्दछ।
विद्यालय प्रशासनका अनुसार CAS प्रणाली विद्यार्थीमैत्री, प्रभावकारी तथा सिकाइलाई थप अर्थपूर्ण बनाउने मूल्याङ्कन पद्धति हो। यस प्रणालीप्रति अभिभावकहरूको प्रतिक्रिया अत्यन्त सकारात्मक रहेको र उनीहरूले आफ्ना बालबालिकाको वास्तविक प्रगति बुझ्न सहज भएको बताएका छन्।
विद्यालयले प्रथम त्रैमासिक परीक्षा सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे