२०८३ अषाढ ६, शनिबार
शनिबार बिहान करिब ५ बजे काठमाडौँबाट त्रिवेणीतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०६६५ नम्बरको बसले चिसापानीमा यात्रु ओराली सडक मोड्ने क्रममा सोही दिशातर्फ आइरहेको ना ५ ख १९०५ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–६ की ३० वर्षीया नेहा गुरुङ गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि चिसापानी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–६ का ३२ वर्षीय मदन क्षेत्री, बस चालक बर्दघाट नगरपालिका–४ का ४८ वर्षीय लक्ष्मण ज्ञवाली र प्रतापपुर गाउँपालिका–९ का ३५ वर्षीय दिनानाथ चौधरी घाइते भएका छन् ।
घाइतेमध्ये चालक ज्ञवालीलाई थप उपचारका लागि रुपन्देहीस्थित देवदह मेडिकल कलेजमा रिफर गरिएको छ भने अन्यको चिसापानी अस्पतालमा उपचार भइरहेको छ । बसमा सवार १५ यात्रुमध्ये ११ जना सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक चालक धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय विष्णु थापा मगरलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे