२०८३ श्रावण १४, बिहिबार


बुधबार साँझ करिब ५ बजे कोइलाबासबाट कपिलवस्तुतर्फ लिलाम गरिएको ४९ बोरा मलखाद बोकेर जाँदै गरेको लु २ च ९१३९ नम्बरको बोलेरो अनियन्त्रित भई सडकको दायाँतर्फ पल्टिएको थियो । दुर्घटनाका भएको बोलेरो कपिलवस्तुको शिवराज नगरपालिका –०६, पैकिबण्डाका २५ वर्षीय अकवान अहमद मियाले चलाएका थिए । दुर्घटनामा परी घाइते भएका तीन जनाको लमही अस्पतालमा उपचार पश्चात डिस्चार्ज गरिएको छ ।
गम्भीर घाइते भएका दाङको गढवा गाउँपालिका –०६, गढवा बजारका २६ वर्षीय सागर कुमाललाई टाउकोमा गम्भीर चोट लागेपछि प्रारम्भिक उपचारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही र त्यसपछि थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होम लगिएको थियो । उपचारकै क्रममा बुधबार राति करिब ११:१५ बजे उनको मृत्यु भएको हो । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे