२०८३ श्रावण १४, बिहिबार


बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनैपनि समुदाय वा नागरिकमाथि समस्या वा अन्याय आइपरे पार्टीले त्यसलाई गम्भीर रूपमा लिनुपर्ने र समस्या समाधानको जिम्मेवारी सबै सांसद तथा पार्टी सदस्यले साझा रूपमा वहन गर्नुपर्ने उनको निर्देशन रहेको बताए ।
उनले पार्टीका सबै सांसदलाई आफ्नो जिल्ला तथा क्षेत्रमा फर्किएर स्थानीय तहदेखि गाउँ–टोलसम्म सद्भाव र सहकार्यको सन्देश फैलाउन भनिएको जानकारी दिए ।
साथै, सामाजिक द्वेष फैलाउने वा समुदायबीच तनाव सिर्जना गर्ने प्रयास भए त्यसलाई शान्त र नियन्त्रण गर्न समन्वयकारी भूमिका खेल्न पनि निर्देशन दिइएको उनले बताए ।
अन्सारीका अनुसार रास्वपाले यसका लागि विशेष संयन्त्रसमेत गठन गरेको छ । उक्त संयन्त्रले द्वन्द्व वा तनाव प्रभावित क्षेत्रमा पुगेर स्थानीय प्रशासन तथा राज्यका निकायसँग समन्वय गर्दै सामाजिक सद्भाव कायम गर्न आवश्यक पहल गर्नेछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे