२०८३ श्रावण १५, शुक्रबार


पाकिस्तान अल्पाइन क्लबले दिएको अपडेट अनुसार अहिलेसम्म दुई जनाको शव फेला परेको र उनीहरु ओमानकी नधिरा अल हार्थी र नेपालका पुरबहादुर गुरुङ (युक्त) रहेको जानकारी दिएको छ ।
पाकिस्तानको ब्रोड पिक क्षेत्रमा हिमपहिरोमा बेपत्ता भएका आरोहीहरूको खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन पाकिस्तानी सेनाका दुईवटा उद्धार हेलिकोप्टर परिचालन गरिएको थियो । आज मौसमको खराबी र अध्यारो भएका कारण खोजी कार्य रोकिएको र भोली फेरी शुरु हुने अल्पाइन क्लबले अपडेट दिएको छ ।
यसअघि आज बिहानसम्म ट्रयाकरको लोकेसन फेला परेको बताइएको थियो । लोकेसन ६ हजार देखि ७ हजार मिटर उचाईमा रहेको उल्लेख गरिएको थियो तर सो क्षेत्रसम्म आज पुग्न नसकिएको बताइएको छ ।
क्लबका अनुसार उच्च हिमाली क्षेत्रमा भइरहेका उद्धार प्रयासलाई थप प्रभावकारी बनाउन हवाई तथा स्थलमार्गबाट समन्वयात्मक रूपमा काम भइरहेको छ । हिमपहिरोमा परेका १० जना आरोहीमध्ये नेपाली कम्पनी एलिट एक्सपेड, सेभेन समिट ट्रेक्स र इम्याजिन नेपाल मार्फत गएका विदेशी र नेपाली आरोही रहेका छन् ।
हिमपहिरोमा अझै ८ जना बेपत्ता रहेका छन्, जसमा पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, अमेरिकाकी म्यालोरी गाइस तथा नेपालका निर्मल पुर्जा (निम्स दाइ), किली पेम्बा शेर्पा (किलु), नीमा शेर्पा, न्वाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे