• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण १८, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८३ श्रावण १०, आईतबार
२

श्रीमतीको हत्या गर्ने श्रीमानले गरे आत्महत्या

२०८३ श्रावण ७, बिहिबार
३

निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर तीन जनाको मृत्यु

२०८३ श्रावण १३, बुधबार
४

सिर्जना इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा प्रथम त्रैमासिक परीक्षा सम्पन्न

२०८३ श्रावण ९, शनिबार
५

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
६

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
७

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
८

मलखाद बोकेको बोलेरो जीप दुर्घटना: एक जनाको मृत्यु

२०८३ श्रावण १४, बिहिबार
९

त्रिशूली नदीमा इभी भ्यान खस्दा चालक बेपत्ता

२०८३ श्रावण ९, शनिबार
१०

गण्डकी सहितका चार प्रदेशमा भारी बर्षाको सम्भावना

२०८३ श्रावण ८, शुक्रबार
११

सिजीले उत्पादन गरेका चारवटा ब्राण्डका चाउचाउ न्यून गुणस्तर, बिक्री बितरणमा रोक

२०८३ श्रावण ४, सोमबार
१२

आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने संघको घोषणा

२०८३ श्रावण १२, मंगलबार

वायुसेवा निगमको आम्दानी ३२ प्रतिशतले बढ्यो

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ श्रावण १७, आईतबार

  • २७ पटक पढिएको
  • काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी नियुक्त भएसँगै सुधारका संकेतहरु देखिएका छन् । सुशासन, व्यवसायीकता र सेवा प्रवाहमा सुधार हुन थालेको निगमको दाबी छ ।

    निगममा खुल्ला प्रतिस्पर्धाबाट पाँच जना र मन्त्रालयगत प्रतिनिधि दुई जना गरी सात जनाको सञ्चालक समिति गत जेठ ५ गते गठन गरिएको थियो ।

    उनीहरु मध्येबाट हवाई सेवाको क्षेत्रका विषयविज्ञ र अनुभवी महेश्वरभक्त श्रेष्ठलाई मन्त्रीपरिषद्को बैठकबाट गत असार ३० गते महाप्रवन्धकको समेत भूमिका निर्वाह गर्नेगरी कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको हो।

    नेपालको हवाई सेवा क्षेत्रमा अनुभवी, विषयविज्ञ तथा सफल व्यक्तित्वका रूपमा चिनिनु हुने अध्यक्ष श्रेष्ठ विक्रम सम्वत् २०४९ सालमा निगमकै निर्देशक पदबाट सेवानिवृत्त भएका थिए । उनले निगमको बजार विभाग, संस्थागत विभाग तथा व्यवसाय प्रवद्र्धन विभागको निर्देशकका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए ।

    श्रेष्ठ बेलायतको वेस्टमिन्स्टर विश्वविद्यालय, लन्डनबाट हवाई यातायात विषयमा उच्च अध्ययन गरी स्वदेश फर्कने पहिलो नेपाली हुन् । उनले क्यानडामा पनि हवाई सेवा सम्बन्धी अध्ययन गरेका छन् ।

    साथै, अमेरिका र भारतका प्रतिष्ठित शैक्षिक संस्थाहरूबाट हवाई सेवा व्यवस्थापन, योजना निर्माण तथा बजार प्रवद्र्धनलगायत विषयमा विशेष अध्ययन तथा तालिम प्राप्त गरेका छन् ।

    नवनियुक्त कार्यकारी अध्यक्ष श्रेष्ठले तीन वर्षभित्रमा निगमलाई ऋणमुक्त बनाउने लक्ष्य लिएको बताए । अध्यक्षको जिम्मेवारी सम्हालेको १५ दिनमा तीन पटक सञ्चालक समितिकै बैठक बसेको छ भने अन्य कार्यसम्पादनका निर्णायक बैठकहरु पनि दर्जनौ पटक बसेका छन्।

    ती बैठकहरु निगमको सुधारका लागि स्पष्ट मार्गचित्र, योजना र रणनीतिहरु तय गर्न उपलब्धीमुलक भएको उनको भनाई छ ।

    निगमले अघिल्लो बर्षको असार महिनाको तुलनामा यस बर्षको असारमा आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बृद्धि गरेको छ । अघिल्लो बर्षको असार महिनामा एक अर्व ५७ लाख आम्दानी भएकोमा यस बर्षको असारमा करिव एक अर्ब ३३ करोड ५२ लाख आम्दानी भएको छ ।

    निगमका अनुसार सञ्चालन भएको विमानको कुल सिट उपयोगीता प्रतिशत पनि अघिल्लो बर्षको भन्दा यस बर्ष बढी देखिएको छ । अघिल्लो बर्ष झण्डै ७५ प्रतिशत सिट विक्रि भएको थियो भने यस बर्ष कुल ८५.४ प्रतिशत सिट उपयोग भएको देखिएको हो।

    गत आर्थिक बर्षभरीमा निगमको उडान २९४ ओटा भएको र त्यसबाट ४९ हजार ४ सय ६० जनाले सेवा पाएको निगमकी प्रवक्ता तथा कर्पोरेट विभागकी निर्देशक अर्चना खड्काले जानकारी दिइन् ।

    निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु हुने फ्लाई दुवइको नियमित उडान सेवाका लागि स्थलगत सेवा पुर्याउन आवश्यक तयारी पनि अहिले नै पुरा गरेको छ ।

    नियमका श्रोत साधन र जनशक्तिलाई अत्यधिक परिचालन गर्दै आम्दानी बढाउने तथा खर्च घटाउने योजनाहरु पनि कार्यान्वयन गर्न थालिएको अध्यक्ष श्रेष्ठले बताए ।

    ‘निगमको सेवा युरोपसम्म विस्तार गर्दै संस्थालाई चुस्त, मितव्ययी, पारदर्शी र व्यावसायिक बनाउने मेरो लक्ष्य छ। अहिलेको ऋण चुक्ता गरी आफ्नै आम्दानीबाट सञ्चालन हुन सक्ने आत्मनिर्भर संस्था बनाउने योजनामा म पूर्ण रूपमा समर्पित छु,’ उनले भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १० प्रतिशत निःशुल्क शय्या सेवामा स्वास्थ्य मन्त्रालयको कडाइ

  • असामान्य शारीरिक अवस्थासहित शिशुको जन्म, परिवारले माग्यो उपचार सहयोग

  • भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, म्याट्रेसमै राखेर सेवा दिन बाध्य

  • आज राष्ट्रिय सभाको बैठक बस्दै

  • समाचार
  • १

    १० प्रतिशत निःशुल्क शय्या सेवामा स्वास्थ्य मन्त्रालयको कडाइ
    २०८३ श्रावण १८, सोमबार

  • २

    असामान्य शारीरिक अवस्थासहित शिशुको जन्म, परिवारले माग्यो उपचार सहयोग
    २०८३ श्रावण १८, सोमबार

  • ३

    भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, म्याट्रेसमै राखेर सेवा दिन बाध्य
    २०८३ श्रावण १८, सोमबार

  • ४

    आज राष्ट्रिय सभाको बैठक बस्दै
    २०८३ श्रावण १८, सोमबार

  • ५

    यी तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
    २०८३ श्रावण १८, सोमबार

  • ६

    बजारमा नक्कली उत्पादन छ्यापछ्याप्ती, सयभन्दा बढी उत्पादन नियन्त्रणमा
    २०८३ श्रावण १७, आईतबार

  • ७

    वायुसेवा निगमको आम्दानी ३२ प्रतिशतले बढ्यो
    २०८३ श्रावण १७, आईतबार

  • ८

    निर्मल पुर्जा एनआरएनका गौरव तथा प्रेरणाका स्रोत थिए : एनआरएनए
    २०८३ श्रावण १७, आईतबार

  • ९

    नेपालीले अमेरिकी भिसा पाउन ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने
    २०८३ श्रावण १७, आईतबार

  • १०

    देशका अधिकांश स्थानमा मध्यम बर्षा हुने
    २०८३ श्रावण १७, आईतबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution