२०८३ श्रावण २७, बुधबार


प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता केसीले देश र जनताको हितमा सिंगो संसद तपाइँको साथमा रहेको बताउदै संसदलाई उपेक्षा गरेर नहिड्न सुझाव दिएका छन् ।
उनले भने- ‘प्रधानमन्त्रीको एक्लै हिड्ने लहड हो की एक्लै पर्नु भएको हो । देश र जनताको हितमा सिंगो संसद तपाइँको साथमा छ, तर संसदप्रति उपेक्षा गरेर होइन आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संबैधानिक कर्तव्य पालना गर्नुस् ।’
सांसद केसीले संबैधानिक संस्थाहरु कार्यपालिकाका लाचार छाया बनेको, राम्रा प्रयासमा पनि हचुवा विधि विहिन प्रक्रिया देखिएको र लोकतन्त्रमा परिणाम मात्र होइन प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने सोच सरकारमा नदिएको भन्दै सरकारको आलोचना गरेका छन् ।
केसीले सरकारलाई सत्तामा आएको सय दिनमै एक लाख युवा फर्काउने प्रतिबद्धता खोइ भन्ने प्रश्न गर्दै किसानहरु मलको हाहाकारमा रहेको भान्सामा ग्यास नभएको जनता महंगीको मारमा रहेको, विजुलीको टुंगो नरहेको, राहदानीको लागि उस्तै ताती, सुकुम्बासीको बिचल्ली छ, बेरोजगारी बढ्दै गरेको भन्दै सरकारको आलोचना गरेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे