२०८३ श्रावण २८, बिहिबार


पहिरोमा परी सम्पर्कविहीन भएका १० जनाको आज बिहानैदेखि खोजी भइरहेको छ । अविरल वर्षापछि बुधबार राति खसेको पहिरोले करिब ६ वटा घर तथा गोठ पुरेपछि उनीहरू सम्पर्कविहीन भएका हुन् । पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् ।
पहिरोमा परेर थबाङ-५ बोटलबारा निवासी १८ वर्षीया शान्ती पुन मगर र करिब ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर हुनुहुन्छ ।
बुधबार राति स्थानीय कमलबहादुर पुन मगरको घरसहित आसपासका घर तथा गोठमा पहिरो खसेको प्रहरीले जनाएको छ । घरभन्दा माथिको पहाडको चुरोबाट खसेको पहिरोलेले बाटोसहित ६-७ वटा घर तथा संरचना बगाएर उवा खोलातर्फ पुर्याएको बताइएको छ । घटनास्थलमा तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसहित जिल्लाका सुरक्षा प्रमुखहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्यको समन्वय गरिरहनुभएको छ । सुरक्षाकर्मीसँगै स्थानीय समुदायसमेत खोजी तथा उद्धारमा जुटेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी पञ्चबहादुर बाकुले हराइरहेकाको खोजी र उद्धार कार्य जारी रहेको जानकारी दिनुभएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे