२०८३ भाद्र ९, मंगलबार


सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देश गर्नुभएको थियो । तोकिएको अवधिमा ११ वटा प्रश्न दर्ता भएका छन् । प्रश्नमाथि औपचारिक रूपमा भदौ १० गतेको बैठकमा प्रधानमन्त्री शाहले जवाफ दिनुहुने छ । संसद् सचिवालयका अनुसार रास्वपाबाट अमरेशकुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बाँस्कोटाले प्रश्न दर्ता गराउनुभएको छ । यस्तै प्रश्न दर्ता गर्ने अन्य सांसदमा नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरुङ हुनुहुन्छ । यस्तै नेकपा (एमाले) का ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गर्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वर्षमान पुन र प्रमेश हमालले प्रश्न दर्ता गर्नुभएको छ । श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुश्बु ओलीले प्रश्न दर्ता गर्नुभएको छ ।
सभामुखको रुलिङ अनुसार सबै दलबाट एक/एक प्रश्नको प्रतिनिधित्व सुनिश्चित गरिएको थियो । जस अनुसार छ दलबाट छ वटा र बाँकी नौ वटा प्रश्न प्रतिनिधि सभामा भएको दलीय प्रतिनिधित्वका आधारमा भाग लगाइएको थियो । सचिवालयले दलीय कोटासहित रास्वपाबाट सात तथा कांग्रेस, एमाले र नेकपाबाट दुई/दुई वटा प्रश्न भागमा पर्ने जानकारी दलहरूलाई गराएको थियो । श्रम संस्कृति र राप्रपाले एक/एक वटा प्रश्न दर्ता गर्न पाउने छन् । यसअघिका प्रश्नोत्तरमा १५ प्रश्न तोकिए पनि मागभन्दा बढी दर्ता हुने गरेका अभ्यास छन् । पहिलो पटक २०७५ माघ ४ मा भएको प्रश्नोत्तरमा दर्ता भएका १८ वटै प्रश्नको जवाफ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे