२०८३ भाद्र १८, बिहिबार




एप्पल पार्कको स्टिभ जब्स थिएटरमा हुने कार्यक्रम नेपाली समयअनुसार राति करिब १०ः४५ बजे सुरु हुनेछ र युट्युब, एप्पलको वेबसाइट तथा एप्पल टिभीमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।
रिपोर्टहरूका अनुसार कार्यक्रममा आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स मुख्य आकर्षण रहनेछन्। यी मोडलमा नयाँ ए २० प्रो चिप, क्यामेरामा सुधार र केही डिजाइन परिवर्तन समावेश हुने अपेक्षा गरिएको छ। साथै, पुस्तकजस्तै मोडिने फोल्डेबल आइफोन अल्ट्रा एप्पलको स्मार्टफोन इतिहासकै ठूलो डिजाइन परिवर्तन हुन सक्ने विश्लेषण गरिएको छ।
यस्तै, एप्पलले आफ्नो नेभिगेसन सेवा एप्पल म्याप्समा आधिकारिक रूपमा विज्ञापन सुविधा सुरु गरेको छ। कम्पनीका अनुसार यो सुविधा आगामी केही साताभित्र थप प्रयोगकर्तामाझ विस्तार गरिनेछ।
एप्पल म्याप्समा देखिने विज्ञापनहरू निलो रंगको ‘एड’ चिन्हसहित देखिनेछन्। जुन गुगल म्याप्समा लामो समयदेखि प्रयोग हुँदै आएको विज्ञापन प्रणालीसँग मिल्दोजुल्दो छ। कम्पनीका अनुसार विज्ञापन दुई स्थानमा देखिनेछन्। खोजी गर्नुअघि देखिने सजेस्टेड प्लेसमा विज्ञापन समावेश हुनेछ भने खोजी गरेपछि सम्बन्धित सर्च रिजरल्टमा पनि विज्ञापन देखाइनेछ।
एप्पलले भने म्याप्समा विज्ञापन थपिए पनि प्रयोगकर्ताको गोपनीयतामा कुनै सम्झौता नहुने जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे