२०८३ आश्विन २, शुक्रबार



राष्ट्र बैंकका अनुसार नयाँ ५० रुपैयाँको नोट साविककै आकार तथा रङमा हुनेछ । नोटको अग्रभागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञात्मक वाक्यांश रहनेछ।
नोटको अग्रभागमा हिमालको चित्र तथा लालीगुराँसको पानी छाप राखिएको छ । साथै, सूर्यको मुनि ‘५०’ अंकित पानी छापसमेत रहनेछ। नोटको तल्लो भागमा विक्रम संवत् २०८२ लेखिएको छ ।
नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको दस्तखत रहनेछ । १.२ मिलिमिटर चौडा कागजमा बनाइएको सुरक्षण धागो प्रकाशतर्फ हेर्दा पूर्ण रूपमा देखिने र उक्त धागोमा ‘एनआरबी’ लेखिएको राष्ट्र बैंकले जनाएको छ । नोटको पछाडिको भागमा हिउँ चितुवाको चित्र तथा त्यसको माथि ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ । नोटको तल्लो भागमा अंग्रेजी भाषामा ५० रुपैयाँ जनाउने शब्द तथा सन् २०२५ को श्रृंखला उल्लेख गरिएको छ ।
राष्ट्र बैंकले नयाँ नोटलाई साविककै ५० रुपैयाँको नोटसरह कानुनी मान्यता रहने जनाएको छ । यसअघि २०७७ असार २२ गते जारी सूचनाअनुसार चलनचल्तीमा रहेका ५० रुपैयाँका नोट पनि यथावत् रूपमा प्रयोग गर्न सकिनेछन् ।
राष्ट्र बैंकले नयाँ नोट सार्वजनिक गर्नुको उद्देश्य सर्वसाधारणलाई नोटका विशेषताबारे जानकारी गराउनु रहेको जनाएको छ । नोटमा विभिन्न सुरक्षण विशेषता समावेश गरिएकाले नक्कली नोट नियन्त्रण तथा वास्तविक नोट पहिचानमा समेत सहयोग पुग्ने अपेक्षा गरेको राष्ट्र बैंकले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे