२०८३ मंसिर ५, शनिबार



शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।
टिकट बिक्री खुल्नुअघि नै बिक्री माध्यममा ‘सोल्ड आउट’ देखिएपछि दर्शकले असन्तुष्टि जनाएका छन् । धेरै दर्शकले टिकट खरिद गर्न नपाएको भन्दै सामाजिक सञ्जालमा गुनासो गरेका छन् । क्यानले शुक्रबार दिउसो १ बजेदेखि टिकट बिक्री खुल्ने बताए पनि सो समय अघिनै इसेवामा सोल्ड आउट देखाएपछि दर्शकले निराशा व्यक्त गरेका छन् । क्यानले भने यस विषयमा आधिकारीक रुपमा केहि जानकारी दिएको छैन ।
नेपाल क्रिकेट संघ (क्यान) ले फाइनल खेलका लागि साधारणतर्फको टिकट मूल्य १ हजार रुपैयाँ र प्रिमियमतर्फको २ हजार रुपैयाँ निर्धारण गरेको थियो । टिकट बिक्रीको जिम्मेवारी पाएको इसेवामार्फत टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको थियो ।
फाइनल खेल शनिबार साँझ ५ बजे सुरु हुनेछ । साविक विजेता लुम्बिनी लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल खेलेर पहिलो उपाधिको खोजीमा हुनेछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे