• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक १, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

नयाँ प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु

२०८३ आश्विन ४, आईतबार
३

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

२०८३ आश्विन ४, आईतबार
४

गण्डकी सहितका तीन प्रदेशमा भारी बर्षाको सम्भावना

२०८३ आश्विन १, बिहिबार
५

पोखराबाट पहिलो उडानमा जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई

२०८३ आश्विन ७, बुधबार
६

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार
७

बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

२०८३ आश्विन २९, बिहिबार
८

नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

२०८३ आश्विन २३, शुक्रबार
९

‘छ माया छपक्कै २’ फूलपातीमा प्रदर्शन हुने

२०८३ आश्विन ३, शनिबार
१०

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

२०८३ आश्विन १३, मंगलबार
११

होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८३ आश्विन १८, आईतबार
१२

असोज ८ र ९ गते विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको आग्रह

२०८३ आश्विन ८, बिहिबार

यी हुन नवलपुरका प्रमुख ५ धार्मिक पर्यटकीय गन्तव्य

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ आश्विन १२, बुधबार

  • ९१६ पटक पढिएको
  • पूर्व पश्चिम राजमार्गको मध्यभागमा पर्ने नवलपुरको पर्यटकीय गन्तव्यका लागि सम्भावनाको जिल्ला हो । गण्डकी प्रदेशअन्तर्गत पर्ने नवलपुर भौगोलिकरुपमा तराई, भित्री मधेस र पहाड गरी तीनतले जिल्लाका रुपमा समेत चिनिन्छ । प्राकृतिकसँगै धार्मिक पर्यटकीयस्थल जिल्लाको चिनारीका रुपमा रहेका छन् । जहाँ बर्सेनि हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् ।

    जिल्लामा रहेका धार्मिकस्थल प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिएका छन् । धार्मिक पर्यटकका लागि यहाँका मठ मन्दिर परिचित रहेका छन । जिल्लाका एक दर्जन बढी धार्मिक पर्यटकीयस्थल मध्ये पाँच प्रमुख गन्तब्य पर्यटकीय आकर्षणको रुपमा रहेका छन् ।

    मौलाकालीका मन्दिर

    नवलपुरको धार्मिक पर्यटकीय क्षेत्रमध्यको एक प्रसिद्ध मौलाकालीका मन्दिर हो । नवलपुरको गैँडाकोट नगरपालिकाअन्तर्गत पर्ने यो मन्दिर आजभन्दा करिब दुई सय वर्ष पहिले पाल्पाली राजा मुकुन्दसेनको पालामा स्थापना भएको मानिन्छ । हाल यहाँ प्यागोडाशैलीको आकर्षक मन्दिर निर्माण गरिएको छ ।

    पूर्व पश्चिम राजमार्गको नारायणी पुलबाट करिब चार किलोमिटर उत्तरतर्फ पहाडको टुप्पोमा समुद्र सतहदेखि पाँच सय ६१ मिटर उचाइमा मौलाकालीका मन्दिर रहेको छ । मन्दिर परिसरबाट गैँडाकोट, भरतपुर, नारायणी नदी, देवघाट धाम क्षेत्रदेखि मनोरम हिमाली दृश्यसमेत अवलोकन गर्न सकिन्छ । मौलाकालीका मन्दिरको दर्शनका लागि देशका विभिन्न भूगोलसहित भारतबाट समेत बर्सेनि हजारौँ धार्मिक पर्यटक आउने गर्दछन् । मौलाकाली मन्दिरमा पुग्न थप सहजता होस् भनेर यहाँ केबुलकार सञ्चालनको तयारी गरिएको छ ।

    त्रिवेणी धाम


    त्रिवेणी धाम नवलपुरको प्रमुख पर्यटकीय क्षेत्रमध्यको एक हो । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा रहेको त्रिवेणी धाम जिल्लाकै दक्षिण भूभागअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–६, मा अवस्थित रहेको छ । भारतीय सीमा क्षेत्र नजिक रहेको त्रिवेणी धाम तमसा, स्वर्ण भद्र र नारायणी नदीको सङ्गमस्थलमा रहेको छ । यिनै तीन नदीको सङ्गमस्थल भएकाले नै यो क्षेत्र त्रिवेणी धामका रुपमा नामकरण भएको हो ।
    त्रिवेणी धाममा रहेका गजग्राह, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण, हनुमान, शिव पार्वतीका मन्दिर आदि यहाँका आकर्षण हुन । योसँगै त्रिवेणी धाममा रहेको सिस महलले यहाँ पुग्ने जो कोहीको मन तान्ने गर्दछ । सिसै सिसाले मन्दिरको भित्री भाग निर्माण गरिएको छ ।

    त्रिवेणी धाममा साउन महिनामा धार्मिक यात्रामा जानेको सङ्ख्या उल्लेख्य हुने गर्दछ । माघे औँसी, शिवरात्रिमा यहाँ धार्मिक मेला लाग्ने गर्दछ । “त्रिवेणी धाम आफ्नो पालिकामा पर्ने भए पनि देशकै प्रमुख धार्मिक क्षेत्र हो, यहाँ थप पर्यटकीय प्रवद्र्धन गर्न योजना बनाइरहेका छौँ”, विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष धनश्याम गिरीले भन्नुभयो । भारतीय सीमासँग जोडिएकाले यसको थप प्रवद्र्धन गरी लाखौँ भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने उहाँले बताउनुभयो ।

    दाउन्ने देवी मन्दिर


    विनयी त्रिवेणी गाउँपालिकाभित्र पर्ने नवलपुरको अर्को प्रमुख धार्मिक पर्यटकीयस्थल दाउन्ने देवी मन्दिर हो । दाउन्ने पर्वतमा अवस्थित मन्दिर राजमार्गको छेउमा रहेको र यातायातको सहज पहुँचका कारण पनि यो मन्दिरको महत्व बढेको छ । दाउन्ने पहाडको काखमा एक हजार २३ मिटर अग्लो उचाइमा रहेको यो मन्दिरको स्थापना संवत् १८८० मा गरेको बताइन्छ । राणाकालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको सौजन्यबाट देवी मूर्ति प्राप्त भएपछि यहाँ स्थापना गरिएको मान्यता रहेको छ ।

    दाउन्ने मन्दिर जाँदा यात्राको बीच भागमा बौद्धमार्गीको गुम्बा भेट्न सकिन्छ । कलात्मक गुम्बा यहाँको आकर्षणका रुपमा रहेको छ । विशेष गरी साउन महिनाभरि भक्तजनको उल्लेख्य उपस्थित रहने गर्दछ । यस बाहेक अन्य समयमा समेत भ्रमणका लागी धार्मिक पर्यटक यहाँ पुग्ने गर्दछन् ।

    अकलादेवी माई


    जिल्लाको धार्मिक पर्यटकीय क्षेत्रमध्येको अकलादेवी माइको मन्दिर बौदिकाली गाउँपालिका–२ डेढगाउँमा पर्दछ । यो मन्दिर पहाडी क्षेत्रको प्रमुख धार्मिक पर्यटकीय क्षेत्रमध्ये पर्दछ । हाल निर्माणाधीन कालीगण्डकी करिडोरसँगै अकलादेवी जोडिएको छ । कालीगण्डकी करिडोरले यसको महत्व थप बढाएको छ र करिडोर निर्माणसँगै यसको संरक्षण गर्नुपर्ने आवश्यकतासमेत देखिएको छ । स्थानीय जनश्रुतिअनुसार हाल मन्दिर रहेको स्थानमा एउटा ढुङ्गा रहने गरेको जुन स्थानीय गोठालाले केही तल चौरमा फालेर आएतापनि फेरि अर्को दिन सोही स्थानमा आउने गरेकाले अलौकिक शक्ति रहेको बिश्वास गरी मन्दिर स्थापना गरिएको भनाइ छ ।

    मन्दिर नजिकै अकला गुफासमेत रहेको छ । चैत पूर्णिमाका दिन यहाँ धार्मिक मेला लाग्ने गर्दछ । नवलपुरसहित छिमेकी जिल्ला तनहुँ, स्याङ्जा, पाल्पा, चितवन, गुल्मी, कास्कीसहित देशका अन्य भागबाट समेत भक्तजन मनोकामना पूरा हुने मान्यताले पूजाअर्चनाका लागि अकलादेवी आउने गर्दछन् ।

    शाश्वतधाम


    नवलपुरको देवचुली नगरपालिका–२ मा शास्वतधाम रहेको छ । शाश्वतधाम पछिल्लो समय पर्यटनको प्रमुख गन्तव्य बनेको छ । शाश्वतधाम पूर्व पश्चिम राजमार्गसँगै जोडिएको छ ।

    सनातन धर्मको आध्यात्मिक र धार्मिक महत्वलाई सुरक्षा गर्न पुरातात्विक तथा आधुनिक शिल्पी उपयोग गरेर धाम निर्माण गरिएको छ । ‘धर्मो रक्षति रक्षति’ अर्थात् धर्मको रक्षा गरे धर्मले हामीलाई रक्षा गर्छ भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै देवचुली र वडाचुली पहाडको काखमा अवस्थित शाश्वत धाम नेपालकै एक महत्वपूर्ण धार्मिक एवं पर्यटकीयस्थलका रुपमा चिनिएको छ । करिब सात बिघा क्षेत्रफलमा फैलिएको धामको मध्यभागमा दक्षिणी भारतमा प्रसिद्धी कमाएको खजुराव शैलीमा बनेको एकाम्बरेश्वर महादेवको मन्दिर रहेको छ । यो मन्दिरलाई चारैतिरबाट तालले घेरेको छ । यो तालमा बद्री, केदार, हरिद्वार, मुक्तिनाथ, पशुपतिनाथजस्ता प्रसिद्ध धार्मिक तीर्थस्थलबाट ल्याइएको जल मिसाइने भएकाले यो ताललाई ‘सर्वोतीर्थ सरोवर’ नामकरण गरिएको छ ।

    मन्दिरका अलावा धाममा गुरुकुल, विद्याश्रम, बौद्ध, चैत्य, बुद्धिष्ट सेन्टर, दशद्वार, अर्जुनरथ, ढुङ्गेधारा, श्रीकृष्ण लीला, वैदिक खेल  अखण्ड अग्नि कुण्ड, धर्मशाला, यज्ञ कुण्ड, हनुमान मन्दिर, धार्मिक सङ्ग्रहालय, धार्मिक पुस्तकालय, हेरिटेज बिल्डिङ हल रहेका छन् ।

    शाश्वत धामको गत महिनासम्ममा ४२ लाखले अवलोकन गरेको जनाइएको छ । पाँच वर्षको अवधिमा यो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकले यसको अवलोकन गरेका हुन् । शाश्वत धामलाई नेपाल सरकारले उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत गरिसकेको छ । रासस

  • अकलादेवी माई
  • त्रिवेणी धाम
  • दाउन्ने देवी मन्दिर
  • मौलाकालीका मन्दिर
  • शाश्वतधाम
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    धर्म/संस्कृति सम्बन्धि थप
  • यी हुन् कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित २३१ पदाधिकारी र सदस्यहरू

  • क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

  • गण्डकी सहितका तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

  • उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • समाचार
  • १

    यी हुन् कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित २३१ पदाधिकारी र सदस्यहरू
    २०८३ कार्तिक १, शनिबार

  • २

    क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
    २०८३ कार्तिक १, शनिबार

  • ३

    गण्डकी सहितका तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ कार्तिक १, शनिबार

  • ४

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    २०८३ आश्विन ३०, शुक्रबार

  • ५

    क्युएफएक्स जलमाको तेस्रो हल आजदेखि सञ्चालनमा
    २०८३ आश्विन ३०, शुक्रबार

  • ६

    यी हुन् पूर्वाधार विकासका लागि पहिलो चरणमा छनोट भएका ८९ विद्यालय
    २०८३ आश्विन ३०, शुक्रबार

  • ७

    देशका केही स्थानमा मध्यम बर्षाको सम्भावना
    २०८३ आश्विन ३०, शुक्रबार

  • ८

    रास्वपाले खोल्यो ‘नगरपालिका उम्मेदवार क्लब’ को आवेदन
    २०८३ आश्विन २९, बिहिबार

  • ९

    राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र बिल दिन निर्देशन
    २०८३ आश्विन २९, बिहिबार

  • १०

    जर्मनीमा आगलागीबाट तीन भारतीय विद्यार्थीको मृत्यु, एक पक्राउ
    २०८३ आश्विन २९, बिहिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution