२०८० मंसिर २३, शनिबार
चितवन- विदेश पठाइदिने भन्दै ३८ जनालाई ठगेको आरोपमा चितवन प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
३८ जना व्यक्तिसँग झण्डै ४५ लाख ७५ हजार रुपैयाँ ठगेको आरोपमा पूर्वी चितवनको खैरहनी नगरपालिका–७ सुर्तना बस्ने ३८ वर्षीय मीना चौधरी सोमबार पक्राउ परेकी हुन् ।
आरोपित व्यक्तिले विदेशमा आफूले चिनेजानेको तथा आफन्त भएको र कम रकममा भिसा मगाई विदेश पठाइने दिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे