२०८३ कार्तिक ५, बुधबार



यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पुजा गर्ने क्रममा महानवमीको दिनमा घरघरमा पालामा दियो वालेर त्यसको माथिवाट अर्को पालाले छोपेर पालामा जम्मा भएको कालो ध्वाँसोलाई नै मोहनी सिःनं (कालो टीका) बनाएका हुन्छन् ।
विजयादशमीको दिन बल र विजयीको प्रतिकको रूपमा रातो अक्षता, जमरा, र निधारको बीचमा मोहनी सिःनं अर्थात कालो टीका लगाएर दसैँ मोहिनी नखः मनाएको भक्तपुरका संस्कृतकर्मी प्रकाश कायस्थले जानकारी दिए।
असत्य माथि सत्यको विजय उत्सव अर्थात आजको दिन त्रिपुरा सुन्दरी भगवती प्रकट भई महिषासुर देत्यलाई मोहनी लगाई लठ्याएर बध गरेको दिनको रूपमा लिने गरेको उनले जानकारी दिए। मोहनी सिःनं लाई तान्त्रिक शक्ति, मोहनी शक्तिको रूपमा लिने परम्परा रहेको आज बिहान टीकाको शुभाइतमा घरघरमा कालो टीका अर्थात मोहनी सिः नं लगाए पछि घरघरबाट ब्रम्हायणी मन्दिरमा पुजा लिएर दर्शन गर्न जाने परम्पराअनुसार आज दिनभर र रातिसम्म भक्तपुरको व्रम्हायणी मन्दिरमा भव्य मेला लागेको छ।
ब्रम्हायणी मन्दिरमा हजारौ दर्शनार्थीले आज बाजागाजा सहित शक्ति पिठको रूपमा रहेको व्रम्हायणी देवीको रूपमा पूजा एवं दर्शन गर्ने जानकारी दिँदै उनले कालो टीकालाई धार्मिक, संस्कृति र तान्त्रिक शक्तिको रूपमा नेवार समुदायले ग्रहण गर्ने गरेको संस्कृतिविद कायस्थले जानकारी दिए।
आज मध्यराति तलेजुमा खड्ग जात्रा सम्पन्न भएपछि मात्रै मोहनी नखः सम्पन्न हुने उनले जानकारी दिए। राति ब्रम्हायणीबाट नवदुर्गा देवगण तलेजु आएर नवदुर्गाको दिदी तलेजुलाई ढोग गरी मन्त्र सिद्ध गरेपछि नवदुर्गा र खड्ग जात्रा गरी तलेजुलाई बोकेर भव्य जात्रा गरी तलेजुको बाहन सेतो घोडालाई पछि लगाउँदै नगरपालिका परिक्रमा गरेपछि मोहनी नखः सम्पन्न हुने उनले जानकारी दिए।
मोहनी नखः कहिलेबाट सुरु भयो भन्ने यकिन तथ्य भने छैन । दसैँंमा अवसरमा खड्गयात्रा (पायाः)को चलन भएकाले यसको थिति नेपालमा तन्त्रयानको प्रादुर्भाव भएदेखि सुरु भएको मान्यता रहँदै आएको छ ।
मोहनीको मुख्य विशेषता भनेकै मोहनी सिन्हः हो । मोहनीका बेला नेवार निम्तो आएको ठाउँमा ‘नखत्या’ (छोरीचेलीलाई बोलाउने) जाने चलन छ।रासस
राजा हरिसिंहदेवले नेपाल संवत् ४४४ मा भारतबाट नेपालमा तलेजु भवानीलाई लिएर आएदेखि मोहनी नखः मनाउन थालिएको भन्ने भनाइ पनि रहदै आएको छ। त्यसो त बौद्ध धर्मावलम्बीले पनि मोहनी नखः फरक महत्वका साथ मनाउने गरेका छन्
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे