• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ६, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
८

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
११

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार
१२

मनिष झाले रास्वपा महामन्त्रीमा उम्मेदवारी दिने

२०८३ अषाढ ८, सोमबार

लोकसेवा तयारी: महत्वपूर्ण विषयगत प्रश्नोत्तर भाग-२

नवलपुर अनलाइनप्रकाशित मिति: २०७८ फागुन १९, बिहिबार

  • ५९० पटक पढिएको
  • १. नेपालमा तीन तहको योजना प्रणालीमा देखिएका समस्या के के हुन् ? उल्लेख गर्नुहोस् ।
     आर्थिक सामाजिक रूपान्तरणका लागि गरिने व्यवस्थित कार्ययोजना प्रणाली हो । यसमा तोकिएका उद्देश्य, लक्ष्य प्राप्तिका लागि साधन स्रोतको व्यवस्थित परिचालन गरिन्छ । नेपालमा सङ्घीय प्रणाली लागू भएपछि सङ्घ, प्रदेश र स्थानीय तहसम्मका सरकारले आफ्ना विषयमा योजना बनाउन र कार्यान्वयन गर्न सक्ने व्यवस्था नेपालको संविधानले गरेको छ । संविधानको यही व्यवस्थाबमोजिम प्रदेश र स्थानीय तहमा समेत आवधिक योजना तयार हुने क्रम रहेको छ । राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहको योजनालाई सहयोग एवं मार्गदर्शन गर्नका लागि प्रदेश योजना तर्जुमा दिग्दर्शन र स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन उपलब्ध गराइसकेको अवस्था छ । राष्ट्रिय योजना आयोगले राष्ट्रिय योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७४ बमोजिम कार्य गर्दै आएको अवस्था छ । प्रदेश तहमा प्रदेश योजना आयोग गठन भएका छन् । यी र यस्ता कानुनी तथा संस्थागत संरचना तयार भए पनि नेपालमा तीन तहको योजना प्रणालीमा विभिन्न समस्या देखिएका छन्, जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ः
    – प्रदेश र स्थानीय तहले आवधिक योजना तर्जुमा गर्दा राष्ट्रिय योजना, नीति, लक्ष्य कार्यान्वयनमा सहयोग पुग्ने गरी योजना तर्जुमा नगर्नु,
    – राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहमा योजना तर्जुमा कार्यमा पर्याप्त सहयोग, समन्वय नगर्नु,
    – प्रदेश र स्थानीय तहमा योजना तर्जुमा कार्यमा अनुभवी र दक्ष जनशक्तिको अभाव हुनु,
    – प्रदेश र स्थानीय तहमा योजना तर्जुमा कार्यमा आवश्यक पर्ने खण्डीकृत तथ्याङ्कको अभाव हुनु,
    – सङ्घमा रहेको राष्ट्रिय योजना आयोगको गठन कानुनी आधारमा नभई आदेशका रूपमा रहनु,
    – दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी प्रदेश र स्थानीय तहले आवधिक योजना, वार्षिक बजेट तर्जुमा नगर्नु, यसमा सङ्घबाट समयमै मार्गदर्शन नदिनु,
    – प्रदेश र स्थानीय तहमा योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कनका लागि आवश्यक पर्याप्त साधनस्रोतको अभाव हुनु, प्राप्त साधनको प्राथमिकीकरण गर्न नसक्नु,
    – प्रदेश र स्थानीय तहका योजना, वार्षिक बजेट तथा कार्यक्रमबीच पर्याप्त समन्वय नहुनु, यसमा संस्थागत ज्ञान, अनुभव एवं सूचनाको अभाव हुनु,
    – प्रदेश र स्थानीय तहमा आयोजना बैङ्क, मध्यमकालीन खर्च संरचना संस्थागत हुन नसक्नु,
    – प्रदेश र स्थानीय तहमा आयोजना छनोट तथा बजेट विनियोजनमा आवश्यक पर्ने दक्षता, क्षमता, अनुभवको कमी हुनु,
    – राष्ट्रिय प्राथमिकता, प्रदेशको आवश्यकता तथा स्थानीय नागरिकको मागबीच उपयुक्त सन्तुलन मिलाउन नसक्नु,
    – आयोजना कार्यान्वयनको अनुगमन र मूल्याङ्कनमा आवश्यक पर्ने सूचकको विकास नहुनु,
    – संविधानबाट प्राप्त एकल अधिकारको विषयमा पर्याप्त कानुनी आधार तयार नहुनु,
    – सङ्घबाट प्रदेश र स्थानीय तहको कार्यक्षेत्रमा पर्ने आयोजना हस्तान्तरण गर्ने कार्यमा ढिलाइ हुनु,
    – प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्र पर्ने विषयमा सङ्घले स–साना आयोजना तर्जुमा गर्नु,
    – रुग्ण आयोजनाको विषयमा सङ्घ, प्रदेश र स्थानीय तहबीच पर्याप्त समन्वय, सहकार्य हुन नसक्नु,
    – योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन कार्यमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकारिता तथा सहअस्तित्वबमोजिम कार्य हुन नसक्नु ।

    २. मानव स्रोतको प्राप्तिअन्तर्गत के के कार्य पर्छन् ? उल्लेख गर्नुहोस् ।
     सङ्गठनमा मानव स्रोत आवश्यकता पूर्ति गर्ने कार्य मानव स्रोतको प्राप्ति हो । यसमा सङ्गठनमा मानव साधनको भर्नापूर्व गर्नुपर्ने कार्यदेखि मानव स्रोत योजना तर्जुमा, कर्मचारीको पदस्थापन, सामाजिकीकरण लगायतका कार्य पर्छन् । जसलाई निम्नअनुसार प्रस्तुत गर्न सकिन्छ :
    क. मानव स्रोत योजना :
    – सङ्गठनमा मानव स्रोत प्राप्तिका लागि सर्वप्रथम मानव स्रोतको आपूर्तिको अनुमान गरिन्छ । कर्मचारी आवश्यकता र आपूर्तिका आधारमा मानव स्रोत योजना तयार गरिन्छ ।
    ख. भर्ना :
    – सङ्गठनमा आवश्यक पर्ने कर्मचारी पूर्ति गर्नका लागि दरखास्त आह्वान गरेर भर्ना प्रक्रियाको सुरुवात गरिन्छ ।
    ग. उम्मेदवार छनोट :
    – कर्मचारी पूर्तिका लागि परेका दरखास्तहरूमध्येबाट उपयुक्त योग्य व्यक्ति छनोट गरिन्छ । सङ्गठनमा आवश्यक कर्मचारी चयन गर्ने कार्य सम्पन्न गरिन्छ ।
    घ. पदस्थापन :
    – छनोट भएका कर्मचारीको ज्ञान, सीप, अनुभव, क्षमताअनुसार उपयुक्त व्यक्तिलाई उपयुक्त पदमा पदस्थापन गरिन्छ । यो कर्मचारी कार्यस्थलमा खटाउने र जिम्मेवारी दिने कार्य हो । कर्मचारी पदस्थापन गर्दा कर्मचारीले गर्नुपर्ने कार्यको विवरण दिनुपर्छ ।
    ङ. सामाजिकीकरण :
    – सङ्गठनको कार्य प्रकृति, संस्कारलगायतका पक्षमा कर्मचारीलाई जानकारी गराइन्छ ।

    ३. मुलुकको आर्थिक विकासमा सार्वजनिक क्षेत्रले के कस्तो भूमिका निर्वाह गर्नुपर्छ ? लेख्नुहोस् ।
     सरकारको स्वामित्व र नियन्त्रणमा रहने सरकारी लगानी एवं गतिविधि सार्वजनिक क्षेत्र हो । यसअन्तर्गत सरकारी आर्थिक गतिविधि र तिनका क्षेत्र पर्छन् । यसलाई सरकारी क्षेत्र पनि भनिन्छ । नेपालको संविधानको धारा ५१ (घ) (१) मा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने नीति छ । चालू पन्ध्रौँ योजनामा मुलुकको आर्थिक विकासमा यी तीनवटै क्षेत्रको भूमिका प्रस्ट गरिएको छ । आर्थिक विकासका यी तीन क्षेत्रमध्ये सरकारी क्षेत्र प्रमुख क्षेत्र हो । जसले अरू क्षेत्रको कार्यमा सहजीकरण, समन्वय एवं नियमन गर्दछ । निजी क्षेत्र, सहकारी क्षेत्र तथा अन्य गैरसरकारी क्षेत्रको सहकार्यमा सरकारले आफू अगुवाका रूपमा भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । मुलुकको विकासका लागि सरकारले अन्य निकायको परिचालन गर्न वातावरण निर्माण गर्ने र अन्य क्षेत्रको परिचालन गर्न नसक्ने अवस्थामा आफ्नै सहभागितामा विकास कार्यलाई अगाडि बढाउनुपर्ने हुन्छ । नेपालको समग्र आर्थिक विकासमा सार्वजनिक क्षेत्रले निर्वाह गर्नुपर्ने भूमिका निम्नानुसार हुनुपर्ने देखिन्छ ः
    – मुलुकमा शान्ति सुरक्षा, राजनीतिक स्वच्छता र स्थिरता, प्रशासनिक सबलता, निष्पक्षता र पारदर्शिताको प्रत्याभूति गर्दै अन्य क्षेत्रमा स्वच्छ प्रतिस्पर्धाको वातावरण तयार गर्ने,
    – समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने, यसका लागि ब्याजदर, विनिमय दर, करका दर, मुद्रास्फीति दरमा स्थिरता कायम गर्ने,
    – जनतालाई निष्पक्ष न्याय प्रणालीको अनुभूति दिलाउने,
    – विकासको दीर्घकालीन नीति तथा योजना तर्जुमा गर्दै सङ्घीय प्रणालीको सवलीकरण गर्ने,
    – निजी क्षेत्रको विकास र लगानी अभिवृद्धि गर्न आवश्यक नीतिगत, संस्थागत र कानुनी व्यवस्था गर्ने,
    – निजी क्षेत्र आकर्षित नहुने क्षेत्रको भौतिक सामाजिक पूर्वाधार विकास गर्ने,
    – उद्योगधन्दा, व्यापार, पर्यटन, जलस्रोतलगायत आर्थिक क्रियाकलापमा निजी क्षेत्रको लगानी बढाउन सहजकर्ताको भूमिका निर्वाह गर्ने,
    – वैदेशिक रोजगारमा जाने युवालाई मुलुकभित्रै परिचालन गर्न रोजगारीका अवसर सिर्जना गर्ने,
    – सामाजिक न्याय र प्रादेशिक सन्तुलन कायम गर्ने,
    – विकासको प्रतिफल सर्वसाधारणमा पु-याउन आवश्यक नीतिगत र कार्यगत पहल गर्ने,
    – ऐन नियमको तर्जुमा गरी सोको प्रभावकारी कार्यान्वयन गर्ने, प्रदेश र स्थानीय तहमा कानुन निर्माण, योजना निर्माणलगायतका कार्यमा सहयोग एवं समन्वय विस्तार गर्दै स्थानीय तहदेखि विकास, सुशासन, लोकतन्त्र र समृद्धि संस्थागत गर्ने,
    – निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी क्षेत्र एवं नागरिक समाजको सवलीकरण गर्ने, यी निकायले गर्ने कार्यमा पूर्ण रूपमा सहयोग गर्ने, समन्वय गर्ने, सहजीकरण गर्ने र त्यस्ता सबै कार्यको सशक्त नियमन गर्ने,
    – समग्रमा लोककल्याणकारी राज्य स्थापना गर्ने,

    ४. नेपालको वित्तीय सङ्घीयतालाई प्रभावकारी बनाउने उपायहरू के के हुन् ? चर्चा गर्नुहोस् ।
     सङ्घीय सरकारका तहहरूबीच राजस्व अधिकार, राजस्व बाँडफाँट, अनुदान वितरण, ऋण परिचालन, सार्वजनिक खर्च, बजेट व्यवस्थापन, आर्थिक अनुशासन लगायतका विषयको संयोजन एवं व्यवस्थापन गर्ने कार्य वित्तीय सङ्घीयता हो । नेपालमा वित्तीय सङ्घीयतालाई व्यवस्थित गर्न नेपालको संविधान, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४, नियमावली, २०७६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायतका कानुनी व्यवस्था छन् । यस कार्यलाई व्यवस्थित गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आवश्यक कार्य र सहयोग गर्दै आएको छ । यी समग्र प्रयासलाई प्रभावकारी बनाउनु अहिलेको आवश्यकता हो । यसका लागि निम्न उपाय अबलम्वन गर्नुपर्ने देखिन्छ ः
    – प्रदेश र स्थानीय तहले संविधानबाट प्राप्त गरेको राजस्व अधिकारको पूर्ण प्रयोग गर्ने,
    – एकल अधिकारका राजस्वका विषयमा कानुन निर्माण गरी कर असुली गर्ने,
    – साझा अधिकारका विषयमा सङ्घले आवश्यक कानुन, मापदण्ड तयार गरी प्रदेश र स्थानीय तहलाई मार्गदर्शन गर्ने,
    – सङ्घले प्रदेश र स्थानीय तहको संस्थागत क्षमता विकास गरेर सहयोग गर्ने,
    – सङ्घले राजस्व प्रशासनका अनुभवी कर्मचारी प्रदेशमा पठाउने, प्रदेशको समन्वय तथा सहयोगमा स्थानीय तहको राजस्व प्रशासनको क्षमता विकास गर्ने,
    – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व सम्भाव्यताको अध्ययन गर्ने, राजस्व असुलीमा गर्नुपर्ने सुधार पहिचान गरी सिफारिस गर्ने,
    – सङ्घबाट प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई वित्तीय सङ्घीयताका विषयमा आवश्यक ज्ञान तथा अनुभव आदान प्रदान गर्ने गराउने,
    – प्रदेश र स्थानीय तहले करको अग्र र पृष्ठ सम्बन्धहरूको अध्ययन विश्लेषण गरी करको दर निर्धारण गर्ने,
    – प्रदेश र स्थानीय तहमा आन्तरिक ऋण उठाउन व्यवस्थापकीय क्षमताको विकास गर्ने, ऋण प्रयोगका क्षेत्र, ऋण दिने निकाय, ऋण असुली तथा भुक्तानी प्रक्रियालगायतका कार्य स्पष्ट गर्ने, यस विषयमा सङ्घले आफूमा भएको ज्ञान, सीप तथा अनुभव आदान प्रदान गर्ने,
    – अनुदान वितरण कार्यलाई कार्यसम्पादनसँग आबद्ध गरी अझै वैज्ञानिक एवं वस्तुपरक बनाउने,
    – ससर्त, समपूरक र विशेष अनुदानभन्दा वित्तीय समानीकरण अनुदानमा जोड दिने,
    – सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व प्रशासनमा एक आपसमा ज्ञान, सीप र अनुभव आदान प्रदान हुने किसिमको संरचना र प्रणाली स्थापना गर्ने,
    – प्रदेश र स्थानीय तहले आफ्नो आन्तरिक आयभन्दा प्रशासनिक खर्च बढी नहुने गरी बजेट संरचना तयार गर्ने,
    – प्रदेश र स्थानीय तहले सार्वजनिक खर्चको विवरण तयार गर्दा आगामी तीन आर्थिक वर्षमा हुने खर्चको प्रक्षेपणसहितको मध्यकालीन खर्च संरचना तयार गर्नुपर्ने कानुनी व्यवस्थाको पूर्ण पालना गर्ने,
    – स्थानीय तहले असार १० भित्रमा वार्षिक बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्थालाई शिरोधार्य गरी बजेट प्रणालीलाई संस्थागत गर्ने,
    – स्थानीय तहले आय र व्ययको प्रगति विवरण समयमै तयार गर्ने, समयमै अन्तिम लेखापरीक्षण गराएर सोको प्रतिवेदन सार्वजनिक गर्ने, देखिएका बेरुजु तथा अनियमितता फस्र्योट गर्नेलगायतका कार्यलाई संस्थागत गर्ने,
    – नेपाल सरकारका अर्थमन्त्रीको संयोजकत्वमा गठन हुने अन्तरसरकारी वित्त परिषद्को सुदृढीकरण गरी तीन तहका सरकारबीच वित्त व्यवस्थापनका क्षेत्रमा आवश्यक परामर्श तथा समन्वय गर्ने कार्यलाई थप प्रभावकारी बनाउने,
    – जिल्ला समन्वय समितिको सबलीकरण गरी जिल्लाभित्र कार्यरत सङ्घ, प्रदेश र स्थानीय तहका कार्यालयले गर्ने कार्यबीच पर्याप्त समन्वय गर्ने कार्यलाई प्रभावकारी बनाउने,
    – पालिकाहरूमा स्थानीय सार्वजनिक लेखा समिति गठन गरी वित्तीय जवाफदेहिताको प्रवद्र्धन गर्ने,
    – पालिकाहरूमा उपाध्यक्ष एवं उपप्रमुखको संयोजकत्वमा गठन हुने स्थानीय राजस्व परामर्श समिति र बजेट तथा कार्यक्रम समितिको सबलीकरण गरी राजस्व सुधार तथा बजेट प्रणालीलाई संस्थागत गर्ने । गोरखापत्र अनलाइनबाट

  • लोकसेवा बस्तुगत
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    बिषयगत सम्बन्धि थप
  • अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो

  • भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु

  • विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै

  • गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने

  • समाचार
  • १

    अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो
    २०८३ श्रावण ६, बुधबार

  • २

    भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु
    २०८३ श्रावण ६, बुधबार

  • ३

    विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै
    २०८३ श्रावण ६, बुधबार

  • ४

    गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने
    २०८३ श्रावण ६, बुधबार

  • ५

    बझाङ केन्द्रविन्दु भएर बिहानै भू-कम्पको धक्का
    २०८३ श्रावण ६, बुधबार

  • ६

    नेपाल नामिबियासँग ८ विकेटले पराजित
    २०८३ श्रावण ५, मंगलबार

  • ७

    वरिष्ठ पशु चिकित्सक डा. घिमिरेलाई सेवाबाट हटाउने निर्णय
    २०८३ श्रावण ५, मंगलबार

  • ८

    भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना
    २०८३ श्रावण ५, मंगलबार

  • ९

    सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिने
    २०८३ श्रावण ५, मंगलबार

  • १०

    चितवनमा पछिल्लो एक बर्षमा ५४५ सवारी दुर्घटना, १०५ जनाको मृत्यु
    २०८३ श्रावण ५, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution