२०८० आश्विन ८, सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन अनुसार अजयमेरु सबैभन्दा अगाडि देखिएको हो । सय अङ्क भारमा ७० भन्दा बढी अङ्क प्राप्त गर्दै अजयमेरु गाउँपालिका पहिलो नम्बरमा रहेको छ ।
गाउँपालिकाले ७८.६९ अङ्क प्राप्त गरेको छ । त्यस्तै दोस्रोमा मुस्ताङको लो घेकर–दामोरकुण्ड गाउँपालिकाले ७७.११, तेस्रोमा कैलालीको कैलारी गाउँपालिकाले ७६.४९, चौथोमा कञ्चनपुरको भीमदत्त नगरपालिकाले ७६.३८ र पाँचौँमा गुल्मीको धुर्कोट गाउँपालिकाले ७६.५४ अङ्क प्राप्त गरेका छन् ।
कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएकोमा कर्मचारीलाई धन्यवाद व्यक्त गर्दै सुशासन र जनमैत्री पालिका निर्माण गर्ने आफ्नो लक्ष्य पुरा भएको अजयमेरु गाउँपालिका अध्यक्ष उमेश भट्टले बताउनुभयो ।
कर्मचारी र जनप्रतिनिधिको सामूहिक प्रयासले देशैभर पहिलो भएको भन्दै यो भन्दा अघि नै नमुना गाउँपालिकाको सूचकाङ्कमा समेत अजयमेरु गाउँपालिका घोषणा भएको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे