२०८२ बैशाख २०, शनिबार
समुद्री सतहदेखि २१ हजार ३१२ फिट अग्लो सगरमाथामा बसेर आफ्ना टोलीसँग चियापान कार्यक्रम गरेका एन्ड्रयु ह्युगेसलाई विश्व कीर्तिमान उपाधिबाट सम्मानित गरिएको हो ।
साहसिक कार्यहरू मनपराउने उनी एक एथलेट पनि हुन् । यसै महिना उनी र उनको टोलीलाई औपचारिक रूपमा गिनिज वर्ल्ड रेकर्डसले सो उपाधि प्रदान गरेको हो । उनीहरूले सन् २०२१ को २३ मे मा सगरमाथाको शिखरमा चियासँगै खाजा खाएका थिए ।
ह्युगेसले कोभिड १९ को महाारी चलिरहेका बेला नेपालमा सगरमाथा चढेर यस प्रकारको विश्व कीर्तिमान राख्ने योजना बनाएका थिए ।
उनले आफ्नो टोलीका सदस्य रोनन मर्फी, क्रिस्टिन बेन्नेट, ग्यार्रेट म्याडिसन, सिड प्याटिसन, रोवर्ट स्मिथ, आर्ट मुइर, हेलेन कोकी बेरेन्यी, क्रिस्लि मिलेस्क, बेन भेरेस, केविन वाल्स, क्रिस्टिन ह्यारिल्ला, मार्क प्याटिसन, रिक इर्भिन र जेम्स वाकरलाई चियापान गराएका थिए ।
सो चियापानमा उनले सियटलदेखि ल्याएका गर्ल्स स्काउटका सदस्यहरू पनि सम्मिलित थिए । न्युयोर्क सिटीको आवास प्रणालीमा योगदान दिन लागि खडा गरिएको गर्ल स्काउट ट्रुप ६००० बाट उनीहरू छानिएका थिए । बाह्रखरीबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे