२०८२ बैशाख २१, आईतबार
राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आइतबार भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भारतका लागि नेपाली राजदूतमा प्रस्तावित डा. शर्माको एग्रिमो नयाँ दिल्लीले चैत २ मा पठाएको थियो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले गत कात्तिक ११ गते शर्मासहित तीन देशका लागि राजदूत सिफारिस गरेको थियो । अमेरिका र बेलायतबाट एग्रिमो आइसकेर ती दुवै देशमा नेपाली राजदूतहरुले कार्यभार सम्हालिसकेका छन् । अमेरिका र बेलायतका लागि क्रमशः श्रीधर खत्री र ज्ञानचन्द्र आचार्य नियुक्त भइसकेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे