२०७९ चैत्र १६, बिहिबार
काठमाडौं । पेट्रोलियम पदार्थको भाउ फेरि बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो ।
निगमका अनुसार पेट्रोलको मुल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर १४३ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्यास पनि प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।
हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ भने हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार ५४५ कायम गरिएको निगमले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे